काठमाडौ, २०७२ असार २८,
नेसनल टिम टाइम ट्रायलमा आइतबार तीन नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। प्रतियोगिताको दोस्रो दिन दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा महिलाको ज्याभ्लिन थ्रो, डिसकस थ्रो र पुरुष हाइजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान बनेका हुन्।
नेपाल एथलेटिक्स संघका अनुसार महिला ज्याभ्लिन थ्रोमा एपीएफकी सीमाकुमारी थारूले ४३ मिटरको नयाँ कीर्तिमान राखिन्। यसअघि उनकै नाममा ३९.४६ मिटरको कीर्तिमान थियो। यस्तै महिला डिसकस थ्रोमा आर्मीकी अमृता महतोले पनि आफ्नो प्रदर्शनमा सुधार गरिन् र ३९.८२ मिटरको नयाँ कीर्तिमान बनाइन्। यसअघि उनको प्रदर्शन ३४.३७ मिटरको थियो।
पुरुष हाइजम्पमा भने आर्मीका सूर्य खत्रीले १.९८ मिटरको नयाँ कीर्तिमान बनाए। उनले बालकृष्ण चौधरीको नाममा रहेको प्रदर्शनलाई उछिनेका हुन्। सोमबार प्रतियोगिताको अन्तिम दिन हो।
स्रोत : कान्तिपुर