ताजा खबर

‘संविधान आउँछ, पछि हट्ने काम छैन’ 

साउन १५ मा जनताको हातमा संविधान

झापा ,  २०७२ असार २८ ,

प्रधानमन्त्री सुशील कोइरालाले कुनै हालतमा संविधान आइछाड्ने बताएका छन् । झापाको चन्द्रगढीमा गिरिजा प्रसाद कोइराला स्मृति भवन शिलान्यास गर्दै प्रम कोइरालाले अब पछि नहटी संविधान ल्याउने दाबी गरे ।

‘सबै दलले प्रतिवद्धता जनाइसकेकाले कुनै पनि हालतमा संविधान आउँछ’, प्रम कोइरालाले भने, ‘अब पछि हट्ने काम छैन । चाँडै जनताको हातमा संविधान दिन्छौं ।’

साउन १५ मा जनताको हातमा संविधान : प्रचण्ड

प्रम कोइरालासँगै चन्द्रगढी पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले साउन १५ सम्म संविधान जारी गर्ने तयारी भइरहेको बताएका छन् ।

‘साउन १५ देखि २० सम्ममा संविधान ल्याउने गरी काम भइरहेको छ’, प्रचण्डले भने, ‘अब आउने संविधान सबै नेपालीको हो ।’ नयाँ संविधानमा एउटैमात्र दलको भावना नसमेटिएको जनाउँदै प्रचण्डले संविधानमा नेपाली जनताको साझा भावना प्रतिवम्वित हुने बताए ।

‘अब आउने संविधानमा कांग्रेसको मात्रै कुरा छैन,  एमाले को मात्रै कुार छैन, माओवादीको मात्रै कुरा छैन’, प्रचण्डले भने, ‘सबैलाई समेटेर संविधान बनाइएकाले नयाँ संधिवान नेपाली जनताको हुने छ ।’

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *