ताजा खबर

चीनमा ६६ वर्षपछि भयंकर तुफान 

२०७२  असार २८,

चीनमा ६६ वर्षपछि आएको भयंकर तुफानका कारण ११ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । सन् १९४९ पछि चीनमा आएको यो सबैभन्दा भयंकर सामुद्रिक तुफान हो । तुफानका कारण झेजियाङ प्रान्तमा करोडौँको क्षति पुगेको छ । चीनको संघाईमा दक्षिणी समुद्री तटबाट सुरु भएको तुफानका कारण सरकारले केही दिनका लागि चनाखो रहन निर्देशन जारी गरेको छ । तुफानका कारण सहरमा रेल, बस सेवा बन्द भएका छन्, बिजुली प्रसारण भएको छैन । सरकारले चार सय १० मिलियन डलरको क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *