ताजा खबर

बस व्यावसायी आन्दोलित हुदा हजारौं यात्रु मर्कामा

दिननाथ बराल
पोखरा,  २०७२ असार २८,

प्रशासनले शान्ति सुरक्षा दिन नसकेको आरोपमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आज विहानै देखि लामो तथा छोटो दुरी (कालो प्लेट) का सार्वजनिक सवारी साधनहरु संचालन नगर्दा हजारौ यात्रु मर्कामा परेका छन । स्याङजा गल्याङका धर्मगत न्यौपाने विहानै देखि गल्याङ जानको लागि पोखराको पृथ्बीचोकमा आयर वसहरु लाग्ने ठाँउमा सडक पेटिमा बस्दा बस्दै दिन वित्यो ।

उनले भने “हामी जस्ता जनतालाई सेवाग्राहि वस संचालकहरुले एक दिन अघि पुर्व सुचना दिएर मात्र यस्तो आन्दोलन गरेको भए आफुहरु दिन भरी सडकमा आएर बस्नु पर्ने बाध्यता हुन्थेन होला ।” न्यौपाने जस्ता हजारौ यात्रुहरु पोखराबाट स्याङजा, बाग्लुङ, काठमाण्डौ लगायतका क्षेत्रमा जानको लागि सवारी साधनको अभावमा मर्कामा परेका हुन। वालिङमा सुक्रबार भएको दुर्घटनाको कारणले गर्दा आफुहरुका बसहरु निर्वात रुपमा संचालन गर्न सक्ने अबस्था नभएको कारणले गर्दा आफुहरु बाध्य भएर आफ्ना सवारी साधनहरुको सुरक्षाको लागि थन्काएको समितिका महासचिव योगेन्द्र केसीले बताए ।

उनले भने “हामीलाई प्रशासनले शान्ति सुरक्षा दिन सकेन, जसका कारणले हामीले यात्रुहरुलाई सुविधा दिन सकेनौं यसमा हामी क्षेमा चाहान्छौं ।” आफुहरुले सवारी दुर्घटनामा परी मृत्यु भएका पिडित परिवारलाई सरकारले तोकेको बिमा रकम ५ लाख तिर्न तयार हुदा हुदै पनि अन्य मागहरु अघि सार्दै पिडितका आफन्तले सवारी साधन तथा समितिको वालिङ काउण्टरमा तोडफोड गर्दा प्रशासनले शान्ति सुरक्षा दिन नसकेको कारणले गर्दा आफुहरु आन्दोलित भएको उनले बताए । पोखराबाट सुनौली हिडेका केहि वसहरुलाई शान्ति सुरक्षा दिन सक्दैनौं भनि आईतबार प्रशासनले पोखरा फर्काए पछि आफुहरुका गाडीहरुको सुरक्षाको प्रत्याभुति नभएसम्म आफुहरुले निर्वात रुपमा बसहरु संचालन गर्न नसक्ने महासचिव केसीले बताए ।

शुक्रबार साँझ वालिङको रामबाच्छामा समितिको गाडीमा मोटरसाईकल ठक्कर खादा मोटरसाईकल चालक सन्तोस गुरुङको मृत्यु भए पछि बिबाद उत्पन्न भएको हो । पिडितका अफन्तहरु आन्दोलित हुदै सडकमा उत्रिए पछि प्रहरी र पिडितका पक्ष बिच सामान्य झडप भएको थियो । झडपको क्रममा ५ जना प्रहरी समेत घाईते हुन पुगेको स्याङजा प्रहरीले जनाएको छ । समितिका महासचिव योगेन्द्र केसीका अनुसार सरकार र प्रशासनका विरुद्धमा आज पोखराबाट अधिकाशं सार्वजनिक सवारी साधन संचालनमा आएनन । समितिले पोखराबाट लामो तथा छोटो दुरीका तथा स्थानीय सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन नगर्न आव्हन गरेको थियो । यसमा पोखरा वस बस व्यावसायी
समितिले पुर्ण रुपमा समर्थन जनाउदै सोमबार माईक्रो वस सेवा संचालन नगर्दा हजारौ यात्रु मर्कामा परेका छन । आफूहरु कानुन बमोजिम चल्दा पनि प्रशासनबाट सहयोग प्राप्त नहुँदा आन्दोलनको विकल्प नभएको समितिका अध्यक्ष ऐनकुमार साईले बताए । उनले भने “हामी अन्यायमा परेर आन्दोलनको बाटो रोजेका हौं, वार्ता र सहमतिको ढोका खुल्ला छ ।”

गण्डकी धौलागिरी सार्वजनिक यातयात व्यावसायी समन्यव समिति पोखरामा आवद्ध भएका सवारी साधनहरु समेत अधिकाश संचालन नहुदा कास्कीबाट प्रस्थान बिन्दु भएर संचालन हुने सवारी साधनहरु संचालन नुहदा हजारौं यात्रु मर्कामा परेका हुन । पृथ्बीराज मार्ग बस संचालक समितिको आन्दोलन प्रति आफुहरुको एकिवद्धता जनाउदै वालिङका केहि युवाहरुले पृथ्बीराज राजमार्ग अन्र्तगतका वसहरुलाइ
तोडफोड गरी चल्न नदिने गरेको घटना प्रति घोर विरोध जनाएको समन्यव समितिका अध्यक्ष बसन्त प्रधानले बताए । वार्ता र सहमतिबाट बिबाब टुंगो नलागे आफुहरु समेत आन्दोलनमा उत्रिने उनले चेतावनी दिएका छन । स्याङजाका डिएसपी राजकुमार बैद्यवारले आफुहरुले जोखिम मोलेर पनि सडकमा कुनै पनि सवारी साधनहरु संचालनको लागि भरपुर्ण रुपमा शान्ति सुरक्षा दिदै आएको दाबी गरे ।

मृतकका परिवारले गुरुङको शव बुझेर काजकृया समेत गर्न सुरु गरेको उनले बताए । मृतक, ठक्कर दिने चालक र गाडीका साहु एकै ठाँउ वालिका भएको कारणले गर्दा पनि समस्या बल्झेको हुन सक्ने प्रहरी श्रोतले जनाएको छ । आफुहरुले स्कटीङ गरेर पनि यात्रुवाहक वसहरुलाई संचालन गरेको उनले दाबी गरे ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *