ताजा खबर

यमनमा साउदीको आक्रमण सुरु 

लन्डन, २०७२ असार २७,

यमनका जनताको सहयोगका लागि मानवीय आधारमा लागू गरिएको युद्धविराम केहीबेरमै भंग भएको छ । युद्धविराम भंग गर्दै साउदी अरब नेतृत्वको गठबन्धनले यमनको सनामा हवाई आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । दक्षिण पश्चिम सहर ताएजमा पनि साउदी नेतृत्वको सेनाले आक्रमण सुरु गरेको बिबिसीले जनाएको छ । शनिबार साउदीको आक्रमण सुरु हुनुभन्दा केही घन्टा पहिले मात्र संयुक्त राष्ट्रसंघले साउदी गठबन्धन तथा हुती विद्रोहीलाई एक साताका लागि युद्धविराम गर्न अपिल गरेको थियो । दुवै पक्षले सहमति पनि जनाएका थिए । युद्धविरामको समयमा राष्ट्रसंघले स्थानीय जनतालाई राहत सामग्री पुर्‍याउने योजना बनाएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले आक्रमण सुरु भएलगत्तै फेरि पनि त्यहाँ युद्धविरामका लागि सबै पक्षसँग अनुरोध गरेका छन्।

स्रोत : नया पत्रिका

Related posts