ताजा खबर

चौकीमै बलात्कार, प्रहरी गिरफ्तार 

नयाँदिल्ली, २०७२ असार २७,

एक किशोरीमाथि बलात्कार गरेको आरोपमा दिल्ली प्रहरीका अधिकारीविरुद्ध अदालतमा मुद्दा हालिएको छ । अदालतले ती प्रहरी अधिकारीलाई १४ दिन न्यायिक हिरासतमा राख्न फैसला गरेको छ । दिल्ली प्रहरी कमिस्नर भीमसेन बस्सीले सहायक प्रहरी उपनिरीक्षकविरुद्ध रानी बाग चौकीमा उजुरी परेको जानकारी दिएका छन् । उनले ती प्रहरी अधिकारीमाथि कानुनसंगत कारबाही गरिने जनाएका छन् । रिपोर्टका अनुसार ती प्रहरी अधिकारीले रिभल्भर देखाएर २३ वर्षकी एक युवतीलाई बलात्कार गरेका थिए । यो घटना प्रहरी चौकीको सिसिटिभीमा कैद भएको थियो ।

बस्सीले शनिबार पत्रकार सम्मेलनमा भने, ‘जस्तोसुकै अपराधमा सामेल भएका प्रहरीलाई कुनै माफ गरिनेछैन । हामीले यो विषयमा विभागीय जाँच पनि कुर्ने छैनौँ । ती प्रहरी अधिकारीलाई तुरुन्त बर्खास्त गरिनेछ र कारबाही गरिनेछ ।’ उता, दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीले यो घटना अत्यन्तै लज्जास्पद भन्दै प्रहरी कमिस्नर बस्सीको राजीनामा माग गरेको छ । आम आदमी पार्टीका नेता आशिष खेतानले भनेका छन्, ‘यो गम्भीर अपराध हो । दिल्लीमा प्रहरीले नै कानुन उल्लंघन गरेको छ । प्रहरीले यस्तो अपराध गरेकाले बस्सीले तुरुन्तै राजीनामा दिनुपर्छ ।’

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *