ताजा खबर

खासाका कन्टेनरले भरियो एयरपोर्ट भन्सार 

काठमाडौं , २०७२ असार २७,

वैशाख १२ को शक्तिशाली भूकम्पपछि चीनको सिमाना खासामा रोकिएका एक सय कन्टेनर शनिबार दिउँसो काठमाडौं आइपुगेका छन्  गर्मी मौसमका लागि चीनबाट ल्याइएका सामानसहित खासामै रोकिएका ती कन्टेनर करिब २ महिनापछि काठमाडौं भित्रेका हुन् ।

ती कन्टेनरमा भूकम्प अगाडि नै बच्चाका खेलौना, लुगा, जुत्ता, चप्पल र कस्मेटिक सामान लोड गरी काठमाडौं ल्याउने तयारी थियो । बा२ख २९३४ नम्बरको कन्टेनरका चालक राम श्रेष्ठले शनिबारमात्रै करिब एक सयवटा काठमाडौं छिरेका जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले शनिबार सय वटा आएका जनाउँदै अब खासा भन्सारबाट हुने जाँचपास एयरपोर्ट भन्सारको कार्यालयबाट हुने जानकारी दिए ।

‘अर्को विकल्प नभएसम्म एयरपोर्ट भन्सारबाटै जाँच पासको व्यवस्था मिलाएका छौं’, ढुंगानाले भने, ‘खासामा रोकिएका कन्टेनर आउने क्रम केही जारी रहनेछ ।’

भूकम्पअघि सामान लिन पुगेका ५ सय बढी कन्टेनर खासामा रोकिएका थिए । त्यसैगरी लोड नगरिएको करिब ५ सय कन्टेनर सामान पनि भन्सारमा रोकिएको थियो ।

लामो समय भन्सारमा रोकिएका कन्टेनर नेपाल ल्याउन चीनले बाटो खोलेपनि बारम्बार झर्ने पहिरोले समस्या भएको थियो ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *