एजेन्सी, २०७२ असार २७,
युवा गायक जस्टिन बिबर अहिले विश्वका सेलेब्रिटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन् । तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो । उनी निकै गरिब र घरविहीन बालक थिए । संघर्षले केही वर्षमै जस्टिनलाई यो उचाइमा पुर्याइदियो कि उनको बाल्यकाल जान्नेहरू आज जिब्रो टोक्छन् । अहिले जस्टिनको मासिक कमाइको हिसाब करोडमा हुन्छ । जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगे । ‘चर्चित हुनुअघि म यस्तो घरमा थिएँ कि जहाँ धेरै मुसाको बास थियो,’ बिबर भन्छन्, ‘रातिमा खाली पेट कुनै पुलमुनि गएर सुत्थेँ ।’
स्रोत : नया पत्रिका