ताजा खबर

अर्मलामा फेरि ठूला भ्वाङ  

स्थानीय रातभर सुत्‍न पाएनन्

पोखरा , २०७२ असार २७,

कास्कीको अर्मलामा फेरि भ्वाङ पर्न थालेपछि स्थानीयवासीहरु त्रसित बन्न पुगेका छन् । वर्षासँगै सतहको कमेरोमाटो बगेर जमिन खोक्रो हुँदै भ्वाङ पर्न थालेको हो।

घरबस्ती नजिकै ठूला भ्वाङ पर्नेक्रम फेरि दोहोरिएपछि स्थानीयबासी रातभर सुत्न सकेका छैनन् ।२०७० मंसिरको पहिलो सातादेखि अहिलेसम्म २ सय ७७ भ्वाङ परिसकेका छन् । नौ घरका ५० परिवार विस्थापित भएका थिए ।

अर्मलाको बिपत् ब्यबस्थापन तथा निर्माण सहयोग समितिका अध्यक्ष लिलाधर आचार्यले  बिज्ञहरुको सुझावलाई वेवास्ता गर्दै किसानहरुले धान रोपिदिएको यस्तो अवस्था आएको बताए। प्रभावित क्षेत्रमा धान रोपाइँ तत्काल  रोक्नका लागि सरोकारवालाले सरकारसँग माग गरेका छन्।

‘धान नरोप भन्दा भन्दै अटेर गरेर रोपिदिए त्यसैले अहिले भ्वाङ पर्न थाल्यो,’ उनले भने ‘तत्काल नरोक्ने हो भने झनै ठुलो क्षति हुनसक्छ।’

स्रोत : अन्नपुर्णपोस्ट

Related posts