ईक्यान शैक्षिक मेला भदौको पहिलो साता पोखरामा

दिननाथ बराल

पोखरा, २०७२  असार  २७ ,

नेपाल शैक्षिक परामर्श संघ कास्कीको आयोजनामा पोखरामा आगामी भदौको पहिलो सातामा ईक्यान शैक्षिक मेला हुने भएको छ । भदौको ४ गतेदेखि ६ गतेसम्म संचालन हुने उक्त तेस्रो सँस्करण मेलाको तयारी सुरु भएको शैक्षिक मेलाका संयोजक मिलन तिवारीले बताए ।

पोखरामा हुने मेलाको व्यवस्थापन काठमाण्डौको ईभेन्ट कम्पनी ‘वान अप ईभेन्ट्स एण्ड मिडिया सोलुसन’ ले गर्ने भएको छ । पोखरा सभागृहमा हुने शैक्षिक मेला यो पटक अघिल्ला सँस्करणभन्दा विशेष हुने ईक्यान कास्कीले दाबी गरेको छ । यस पटकको शैक्षिक मेला विद्यार्थी र अभिभावकहरुलाई सकेसम्म गतिलो परामर्श दिने उद्देश्य रहेको ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले बताए । शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कलेजहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । पोखरामा करिब १ सय वटा को हाराहारीमा शैक्षिक परामर्श केन्द्रहरु भएपनि ईक्यानसँग आवद्ध संस्थाहरु २५ वटा रहेका छन् ।

मेलाको व्यवस्थापन गर्ने विषयमा ईक्यान कास्की र वान अपबीच सहमती भएको छ । शनिबार ईक्यान कास्कीको कार्यालयमा पोखरामा हुने शैक्षिक मेलाको संयोजक मिलन तिवारी र वान अप ईभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले सहमती पत्रमा हस्ताक्षर गरेका हुन । यस अघि पोखरामा भएका दुई सँस्करणका शैक्षिक मेला पनि वान अप ईभेन्ट्स एण्ड मिडिया सोलुसनले नै व्यवस्थापन गरेको थियो । यस्तै वान अपले काठमाण्डौमा हुने हरेक सँस्करणको शैक्षिक मेलाको पनि व्यवस्थापन गर्दै आएको छ । काठमाण्डौमा अहिलेसम्म ९ वटा
सँस्करणका शैक्षिक मेला भैसकेका छन् । पछिल्लो सँस्करणको मेला असारको १७ गतेदेखि २० गतेसम्म काठमाण्डौमा भएको थियो ।

Related posts