ताजा खबर

अमेरिकी कर्मचारीको डाटा चोरी, चीनमाथि शंका 

वासिंटन, २०७२ असार २६,

अमेरिकी अधिकारीले २.१५ करोड कर्मचारीको गोप्य सूचना रहेका डाटा चोरिएको बताएका छन् । अधिकारीहरूका अनुसार नोकरीका लागि आवेदन दिएका मानिस, संघीय ठेकेदार तथा त्यहाँ सहभागीबारेको डाटा चोरिएको छ । यो संख्या यसअघि डाटा चोरी भएको अनुमान गरिएको भन्दा पाँच गुणा बढी  हो । अप्रिलमा खुलासा भएको यो ह्याकिङमा चीनको संलग्नता भएको अमेरिकाले आरोप लगाएको छ । तर, चीनले यसको खण्डन गर्दै आएको छ । चीनले अमेरिकी आरोपलाई गैरजिम्मेवार तथा अवैज्ञानिक भन्दै आएको छ । यो चोरीपछि अमेरिकी सुरक्षा व्यवस्थाको तिखो आलोचना भएको छ । यस विषयमा अमेरिकी संसद्मा पनि बारम्बार बहस भएको छ । तर, प्रभावकारी कदम चाल्न सकिएको छैन ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *