ताजा खबर

पोखरामा पहिलो पटक जापानीज फेस्टिवल

दिननाथ बराल
पोखरा, २०७२  असार २६,

पर्यटकीय नगरी पोखरामा पहिलो पटक जापानीज फेस्टिवल आयोजना भएको छ । नेपाल जापान फेन्डसिप र हिदेयोको जापानीज भाषा स्कुल पोखराको संयुक्त आयोजनामा पोखराको मिरुवामा एक दिने उक्त फेस्टिवल आयोजना भएको हो ।

जापानको कला, संस्कृतिक तथा भेषभुषाको बारेमा जानकारी गराउने उद्धेश्यले पोखरामा उक्त फेस्टिवल आयोजना गरीएको नेपाल जापान फेन्डसिपका संयोजक युकारी खाकेईले बताईन । उनले भनीन “हामीले पहिलो पटक आयोजना गरेको यस फेस्टिवलमा धेरै नेपालीहरुले मन पराएका छन, आगामी बर्षमा यसलाई निरन्तरता दिने हामीले पुन सोच्ने छौं । ” फेस्टिवलमा जापानीज पोषाक लगाउने प्रतियोगिता समेत आयोजना भएको थियो । महिला र पुरुषलाई छुट्टा छुट्टै रुपमा जसलाई बढी सुहाउछ उसलाई खान्जीको पुस्तकले पुरस्कृति गरीएको हो । प्रतियोगितामा महिला तर्फ बर्षा गुरुङ र पुरुषतर्फ संजय भण्डारी प्रथम भए । फेस्टिवलमा जाडो तथा गर्मी मौसमा समेत लगाउन मिल्ने युकाता नामक पोषाक प्रर्दशनी गरीएको हो ।

साथै फेस्टिवलमा पात सहितको काटेको बासमा आफ्नो मनमा लागेको कुरा लेखेर भगवानसंग प्रथाना समेत गरीएको थियो । आफ्नो मनोकाक्षा पुरा हुने घार्मिक मान्यता अनुसारको उक्त कार्यक्रममा अधिकाशं फेस्टिवलमा सहभागिहरुले नेपालमा आएको विनाशकारी भूकम्पमा परेर मर्नेहरुको स्मरण गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन । पोखरा क्षेत्रमा करीब ६० वटा जापानीज भाषाका स्कुलहरु रहेकोले यस्तो फेस्टिवलले बिद्यार्थीहरुलाई जापानको धेरै कुरा सिक्ने राम्रो अवसर भएको हिदेयोको जापानीज भाषाका प्रिन्सिपल दिपकराज सुवेदीले बताए । जापानीज आओजोरा रेष्टुरेण्टले जापानीज विभिन्नत परिकारका खानाहरु फेस्टिवलमा विक्रि वितरण गरेको थियो भने जापानीज बिभिन्न खेलहरु समेत समेटिएको थियो ।

Related posts