काठमाडौं, २०७२ असार २६,
चिनियाँ ब्रान्ड हुवावेको नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हुवावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले हुवावेको ‘पी–८’ मोडलको स्मार्ट फोन बजारमा भित्र्याएको हो । नयाँ फिचर र सुन्दर डिजाइन रहेको मोबाइलको नेपाली बजार मूल्य ५९ हजार ९ सय ९९ सय रुपैयाँ तोकिएको छ । हुवावेको ‘पी–८’ चार रङयुक्त १३ मेगापिक्सल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन हो ।
मोबाइलमा भएको ड्युल कलर टेम्प्रेचर फ्लाससहितको ८ मेगापिक्सलको फ्रन्ट क्यामेराले रातको समयमा समेत उत्कृष्ट फोटो खिच्न सकिनेछ । ‘पी–८’बाट फोटो खिच्दा हाल हल्लिए पनि यसमा भएको ओआइएस प्रविधिले फोटोलाई हल्लन दिँदैन । दुई सिम प्रयोग गर्न सकिने ‘पी–८’मा ३ जिबीको र्याम तथा १ सय ६७ जिबीको आन्तरिक मोमोरी छ । सेटले फोरजी नेटवर्कसमेत सर्पोट गर्छ । ५ दशमलव २ इन्चको एफएडी स्क्रिन रहेको स्मार्टफोनमा २ हजार ६ सय ८० एमएएच क्षमताको ब्याट्री छ । त्यस्तै, हुवावेको ‘पी–८’ लाइट पनि नेपाली बजारमा भित्रिएको छ ।
यसको मूल्य २८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । हुवावेको ‘पी–८ लाइट’मा १.२ गिगाहर्जको अक्टाकोर प्रसोसर र २ हजार २ सय २० एमएएचको ब्याट्री छ । ३ जिबी र्यामको मोबाइलमा १६ जिबी आन्तरिक मेमोरी छ । यसमा १३ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । कल मोबिलिटी प्रालिले हुवावेको मिडिया प्याड एक्स पनि बजारमा भित्र्याएको छ । ४९ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य तोकिएको प्याडमा दुई सिम प्रयोग गर्न सकिन्छ । फोर जी नेटवर्क सपोर्ट गर्ने सेटमा १३ मेगापिक्सलको रियर क्यामेरा, ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा, भ्यवाइस कललगायत सुविधा छन् ।
स्रोत : नया पत्रिका