ताजा खबर

स्वास्थ्य संक्षेप  

काठमाडौ, २०७२ असार २६,

भिटामिन सीले हृदयाघातको जोखिम कम

भिटामिन सीले परिपूर्ण फलफूल खानाले हृदयाघातको आशंकासँगै अकाल मृत्युको जोखिमलाई निकै घटाउन सकिन्छ। एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ।

यो अध्ययन ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन’ मा प्रकाशित छ। यो अनुसन्धानअन्तर्गत डेनमार्कका एक लाख व्यक्तिमा उनीहरूको सागसब्जी र फलफूल खाने चासो अनि उनीहरूको डीएनएको परीक्षण गरियो। भिटामिन सी अंग जोड्नेसहित अन्य तन्तुहरूको निर्माणमा सहयोगी हुन्छ।

अध्ययनअनुसार, बढी मात्रामा फलफूल र सागसब्जी खाने व्यक्तिहरूमा मुटुसम्बन्धी रोगको जोखिम १५ प्रतिशत कम थियो अनि तिनीहरूको अकाल मृत्युको जोखिम २० प्रतिशत कम थियो।

भिटामिन सीले एन्टिअक्सिडेन्टले जस्तै काम गर्छ। यसले कोषिका र जैव अणुलाई क्षतिग्रस्त हुनबाट जोगाउँछ। यसले गर्दा हृदयवाहिनी रोगसहित अन्य थुप्रै रोग हुन्छन्। अध्ययनअनुसार, मानव शरीर भिटामिन सी बनाउन सक्षम नहुने भएकाले यसलाई खानाका रूपमा लिनु आवश्यक हुन्छ।

कम सुते मोटोपना

हालैको एउटा अनुसन्धानअनुसार, के वयस्क, के बालबालिका, राम्ररी सुत्न नपाए तिनको शारीरिक तौल बढ्दै जान्छ। कम सुत्ने व्यक्तिको दैनिक कामकाज मात्रै प्रभावित हुँदैन, तिनमा बढी खाने मनोवृत्तिसमेत उत्पन्न हुन सक्छ।

नेब्रास्का लिंकन विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको यो अध्ययन ‘जर्नल अफ हेल्थ साइकोलजी’ मा प्रकाशित छ। अध्ययनअनुसार, निद्रा बिग्रेपछि हार्मोन नियन्त्रण गर्ने प्रणालीसमेत प्रभावित हुन्छ। यसबाट भावनात्मक तनावमा वृद्घि हुन्छ र बढी भोजन ऊर्जाको कमीलाई पूरा गर्न सक्षम हँुदैन। तपाईंले दिनभर जेजे खानुहुन्छ, यी सबबाट भोजनको मात्रा प्रभावित हुन्छ।

उक्त अध्ययनले औंल्याएको छ( चिकित्सकहरू निद्रा र खानपानप्रति जागरुक हुनुपर्छ। निद्राले सक्रिय रूपले आहारव्यवहारलाई परिवर्तन गर्छ। धेर मोटो भए मुटु रोग, मधुमेहजस्ता घातक रोग हुने खतरा यथावत् रहन्छ। त्यसैले बढी खाना र कम निद्राप्रति सचेत हुनु आवश्यक छ। खानपानकै कारण निद्रा प्रभावित हुन्छ र निद्रामा असर पर्दा के ठूला, के साना सबैको स्वास्थ्य बिग्रिन सक्छ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *