हरारे, २०७२ असार २६,
भारतले जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगिता ४ रनले जितेको छ । अजिन्का रहानेको कप्तानीमा रहेको भारतले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको नोक्सानीमा २५५ रनको योगफल खडा गर्यो । भारतका लागि अम्बाती रायडुले १२४ रनको योगदान दिएका थिए । प्रत्युत्तरमा जिम्बावेले ५० ओभरमा २५१ रन मात्र जोड्यो । जिम्बावेका इल्टन चिगुम्बुराले अन्तिम बलसम्म पनि घरेलु टोलीलाई जितका लागि प्रयास गरेका थिए । अन्तिम ओभरमा जिम्बावेलाई १० रन चाहिएको थियो । भुवनेश्वर कुमारले ५ रन मात्र दिएपछि भारतले जिम्बावेमाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको हो । इल्टनले १०१ बलमा ८ चौकाको सहयोगमा १०४ रनको योगदान दिए । यसैगरी सिकन्दर राजाले ३३ बलमा ३७ रन, क्रेमरले ३६ बलमा २७ रन बटुलेका थिए । यसअघि ब्याटिङ गरेको भारतका लागि स्टुवार्ट बिन्नीले ७६ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ७७ रन जोडे । शतकीय इनिङ खेलेका रायडुले १३३ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।
स्रोत : नया पत्रिका