ताजा खबर

बोलीको फन्दामा एरियाना  

क्यालिफोर्निया, २०७२  असार २६,

सेलिब्रेटीका सानातिना भनाइ पनि विवादमा पर्छन्। अमेरिकी पपस्टार एरियाना ग्रान्डले त आफ्नो देशकै विरुद्धमा बोलेपछि विवाद नहुने कुरै भएन। २२ वर्षीया यी गायिकाले अनायसै ‘आई हेट अमेरिका’ भनिन्।

क्यालिफोर्नियास्थित एक डोनट पसलमा केटा साथीसँग डोनट चाट्दै यसो भनेको श्रव्यदृश्य सार्वजनिक भएपछि उनी विवादमा परेकी हुन्।

उनको यो श्रव्यदृश्य अहिले भाइरल बनेको छ। विवादले चर्को रुप लिएपछि उनले आफ्नो भनाइप्रति माफी मागेकी छन्।’अमेरिकीको खाने शैली देखेर मलाई रिस उठेको हो’, उनले भनेकी छन्। आफ््नो भनाइको आफैं खण्डन गर्दै उनले आफू अमेरिकी भएकोमा गर्व लागेको र आफ्नो देश धेरै मन पर्छ भनेर ट्विट पनि गरेकी छन्।

सामाजिक सञ्चालमा यो विषयमा व्यापक वहस भएपछि उनले सार्वजनिक रूपमा लामै स्पष्टीकरण दिनुपरेको छ। ‘मलाई अमेरिकी भएकोमा एकदमै गर्व लाग्छ, यस विषयमा म प्रष्ट छु कि म मेरो देशलाई माया गर्छु,’ उनले भनेकी छिन्, ‘त्यहाँ म मेरो साथीसँग निजी कुरा गरिरहेकी थिएँ जो डोनट किनिरहेका थिए।

त्यसबेला मैले विवेक नपुर्‍याई बोलेकोमा क्षमा चाहन्छु।’आफूले खानेकुराको स्वच्छताप्रति यस्तो अभिव्यक्ति दिएको उनले बताएकी छन्।अमेरिकीको खाने शैली राम्रो नभएकोले यस्तो अभिव्यक्ति दिनु परेको उनको भनाइ छ।

स्रोतका अनुसार उनको भनाइलाई लिएर क्यालिफोर्निया प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ। एरियानाले डोनट खाएको पसल वुल्फी डोनट सपको क्यासियर मायरा सोलिसले भने उनले डोनट नकिनेको बताएकी छन्। ‘बेच्न राखिएको डोनट उनले चाटेकी हुन्। त्यसबेला उनी एकदमै कठोर देखिएकी थिइन्’, क्यासियर सोलिसले भनेका छन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts