२०७२ असार २६,
हालैको एउटा अनुसन्धान अनुसार, पेट पोल्ने समस्या निर्मूल पार्न प्रोबायोटिक्स उपचार लाभदायक हुन्छ। यो अनुसन्धान ‘प्लस वान’ मा प्रकाशित छ।
पेटमा एक प्रकारको घातक ब्याक्टेरिया एटेरोब्याक्टिरिएसिस बढी मात्रामा हँुदा मर्ने गरी पोल्ने गर्छ। यस्तो स्थितिमा, शरीरमा भएको फाइदाजनक ब्याक्टेरियामा कमी आउँछ। अनि घातक ब्याक्टेरिया बढ्न रोकिँदैन र पेट पोल्न थाल्छ।
अध्ययनअनुसार, पेट पोल्ने समस्या भएका बिरामीहरूलाई प्रोबायोटिक्स उपचारबाट फाइदा पुग्छ। प्रोबायोटिक्समा शरीरलाई लाभदायक ब्याक्टेरिया हुन्छ। एउटा स्वस्थ व्यक्तिको पेटमा एक सय खर्बभन्दा बढी उपयोगी ब्याक्टेरियाहरू हुन्छन्।
स्रोत : कान्तिपुर