ताजा खबर

न्यायाधीश अधिकारी छानबिनमा तानिए 

 काठमाडौं, २०७२  असार २६,

आचरणविपरीत कार्य गरेको भन्दै जिल्ला अदालत पर्साका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको छ । प्रधानन्यायाधीशको पदभार बहाली गरेको भोलिपल्टै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अधिकारीलाई अनुुसन्धानका लागि सर्वोच्चमा काजमा बोलाएका हुन् ।

कानुन व्यवसायीको संगठन जिल्ला बार पर्साले विभिन्न १३ मुद्दामा अनुसन्धान गरी अधिकारीको आचरण ठीक नभएको प्रश्न उठाएपछि श्रेष्ठले अधिकारीलाई काजमा बोलाएका हुन् । ‘तत्कालका लागि काजमा बोलाउने निर्णय भएको छ,’ सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भने, ‘अनुसन्धानपछि मात्र थप निर्णय हुन्छ ।’ सर्वोच्चले बनाएको नजिरविपरीत कार्यसम्पादन गरेको, अदालतको मर्यादामा आँच आउनेगरी फैसला गरेको आरोप कानुन व्यवसायीको छ । जिल्ला बारले यसअधि अधिकारीको बेन्च बहिष्कार गरेको थियो । बारसँग छलफल बार र बेन्चबीचको पछिल्लो संवादहीनता अन्त्य भएको छ ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र बारबीचको आरोप–प्रत्यारोप अन्त्य गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले शुक्रबार बार प्रतिनिधि र वरिष्ठ अधिवक्तासँग छलफल गरेका हुन् । श्रेष्ठले न्यायालय सुधारका लागि बार र बेन्चबीच सम्बन्ध सुधार आवश्यक रहेको भन्दै श्रेष्ठले बार प्रतिनिधिसँग छलफल गरेका हुन् । छलफलमा अदालतको अनियमिततालगायत विषयमा छलफल भएको बार महासचिव सुनीलकुमार पोखरेलले जानकारी दिए । ‘मिटिङलाई रेगुलर मात्र नबनाइयोस्, अब कार्ययोजनामा बनाएर अघि बढियोस् भन्ने हाम्रो सुझाब हो,’ महासचिव पोखरेलले भने, ‘अनियमितता रोक्न प्रोसेसमा सुधार गर्न सुझाब दिएका छौँ ।’ यस्तै, संविधान निर्माणमा बार र न्यायाधीशको फरक–फरक अवधारणाका कारण दबाब कम भएकोबारे पनि बारले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ । संयुक्त दस्ताबेज बनाई दबाब दिनुपर्ने सुझाब बारले दिएको छ ।

भेटमा प्रधानन्यायाधीशले न्यायाधीश नियुक्तिमा सहयोग गर्न आग्रह गरेका छन् । उनले नियुक्ति प्रक्रियाको गृहकार्य सुरु गरिसकेका कारण सहयोग गर्न आग्रह गरे ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *