ताजा खबर

नेपालले अमेरिकालाई जित्यो 

काठमाडौं , २०७२ असार २६,

टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।अमेरिकाले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीको मद्धतमा जित निकालेको हो ।

नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकाले दिएको लक्ष्य भेट्टाएको हो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ बलको सामना गर्दै ५२ रनको अर्धसतकीय पारी खेल्दै जितको आधार खडा गरे । पहिलो विकेटको रुपमा सागर पुनलाई मात्र ६ रनमा गुमाएको नेपालले सुरुवाती ओभरमा सम्हालिएर खेलेको थियो ।

अनिल मण्डल र ज्ञानेन्द्र मल्लले ७८ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालको जित सुनिश्चित भएको हो । अनिल मण्डलले २९ रन बनाए  । यस्तै विनोद भण्डारी ७ रन बनाउँदै पवेलियन फर्केका थिए । कप्तान पारस खडका २१ र शरद भेषवाकर २ रनमा नटआउट रहे ।

यसअघि टस जिती ब्याटिङ्ग रोजेको अमेरिका निर्धारित पुरै ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २१ रनको सामन्य स्कोरमा समेटिएको थियो । अमेरिकालाई सस्तैमा समेट्न शक्ति गौचन र बसन्त रेग्मीले ३–३ खेलाडीलाई पवेलियनको बाटो देखाए । यस्तै सोमपाल कामीले २ र सागर पुनले १ विकेट झारे । अमेरिकाका लागि ओपनर अकिम डोडसनले सर्वाधिक ३९ रन बनाए ।

 फहाद वावरले २३ वाहेक अन्यको प्रदर्शन भने कमजोर रह्यो । दोस्रो खेलमा नेपालले नामिवियाको सामना गर्नेछ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *