ताजा खबर

डिप्रेसनले मस्तिष्क सानो 

२०७२ असार २६,

उदासी रोग (डिप्रेसन) ले ग्रस्त व्यक्तिहरूको मस्तिष्क सानो हुने एउटा पछिल्लो अनुसन्धानले दाबी गरेको छ। त्यो किनभने, मस्तिष्कको ‘हिपोक्याम्पस’ सानो हुन्छ। ‘हिपोक्याम्पस’ स्मरण र विभिन्न खाले भावनाका लागि जिम्मेवार हुन्छ।

अध्ययन अनुसार, उदासी रोगको उपचार भएपछि ‘हिपोक्याम्पस’ पुन: सामान्य आकारमा फर्किन्छ। यसैले किशोर उमेरमा डिप्रेसन भएकाहरूको यथाशीघ्र उपचार आवश्यक भएको उक्त अध्ययनले देखाएको छ।

अध्ययन दलका सदस्य र सिडनी युनिभर्सिटीका ब्रेन एन्ड माइन्ड रिसर्च इन्स्टिच्युटका हिकीका अनुसार, कुनै व्यक्ति जति बढी पटक उदासीको चपेटामा आउँछ, त्यति नै उसको ‘हिपोक्याम्पस’ को आकार खुम्चिँदै जान्छ। उक्त अनुसन्धान विश्वका १५ वटा अनुसन्धान संस्थान मिलेर गरेका हुन्, ८ हजार ९ सय २७ व्यक्तिमा। अध्ययनमा सहभागीमध्ये १ हजार ७ सय २८ जना डिप्रेसनले एकदमै पीडित थिए भने बाँकी स्वस्थ।

अध्ययनअनुसार, डिप्रेसनले एकदमै सताइएकाहरूको हिपोक्याम्पस अन्यको दाँजोमा सानो थियो। बारम्बार डिप्रेसनबाट पीडित भइरहेका व्यक्तिहरूको उपचार नभए उनीहरूको हिपोक्याम्पस बढी क्षतिग्रस्त हुन्छ।

अध्ययन अनुसार, डिप्रेसनको प्रभावकारी उपचार औषधिले मात्र हुन सक्दैन। त्यस्ता  व्यक्तिहरूलाई पारिवारिकसामाजिक सद्भावको समेत आवश्यकता हुन्छ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *