ताजा खबर

ग्रिसको भविष्य शनिबार फैसला हुने 

एथेन्स, २०७२ असार २६,

ग्रिस युरोजोनमा रहने–नरहने, युरोपेली देशहरूले ग्रिसले दिएका प्रस्ताव स्वीकार गर्ने–नगर्ने विषयमा शनिबार टुंगो लाग्दै छ । यसलाई ग्रिसको भविष्यसँग जोडिएको छ । ग्रिस सरकारले सुधार कार्यक्रममा सहमति जनाएपछि अन्तर्राष्ट्रिय ऋणदातासमक्ष प्रस्ताव पेस गरेको छ । यी सुधारका कार्यक्रममा पेन्सनमा परिवर्तन ल्याउने तथा कर प्रणालीमा सुधार गर्दै कर बढाउने ग्रिक सरकारको वाचा भएको अनुमान छ । तर, यसबारे ग्रिक सरकारले कुनै जानकारी दिएको छैन । यी परिवर्तन ऋणदाताको मागअनुसार भए–नभएको प्रष्ट पनि छैन । यसअघि ऋणदाताले यही विषयमा राखेका प्रस्ताव ग्रिसमा भएको जनमतसंग्रहले अस्वीकार गरेको थियो । ग्रिक प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले शुक्रबार दिनभर मन्त्रीमण्डलसँग युरोपेली युनियनसामु राखिएका प्रस्तावको छलफलमा बिताएका थिए । ग्रिक मिडियाका अनुसार शुक्रबारै ती प्रस्तावलाई संसद्मा औपचारिक स्वीकृतिका लािग पेस पनि गरिएको थियो ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *