ताजा खबर

घान्द्रुक टाडापानीमा पुरानै मोडलमा एक करोडको लागतमा होटल बन्दै

दिननाथ बराल
पोखरा, २०७२  असार  २६,

विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गको घान्द्रुक ८ टाढापानीमा पुरानो मोडलको एउटा होटल हाल निमार्ण हुदै छ । करीब १२ बर्ष जापान बसेर स्वदेश आएका ललितमान गुरुङले विगत केहि बर्ष देखि पुरानो भवनबाट होललको सेवा दिदै आए पनि हाल एक करोड खर्चेर टाढापानीमा होटल निमार्ण गर्न लागेका हुन ।

आगामी ६ महिना भित्र होटलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका उनले पहिलाको पुनारो भवन भत्काएर पुरानै मोडलमा ९ वटा रुम क्षेमताको होटल निमार्ण गर्न लागेका हुन । पुरानो मोडलको दुई तले उक्त भवनमा कुदेका ढुंगा, काठ, जस्ता पाताको समेत प्रयोग भएको छ । आफुहरुले चाहेर पनि आधुनिक सुविधा सम्पन्न प्रकृतिको होटलहरु सो क्षेत्रमा बनाउन नपाएको उनले गुनासो गरे । नेपालको पुरानो मोडलको घर तथा भवनहरु लोप हुदै गएकोले अन्नपुर्ण संरक्षण आयोजना एक्याप र स्थानीय तथा होटल व्यावसायीहरुले समेत नेपालको पहिचान कायम गर्न पनि पुरानै मोडलका होटलहरु बनाउनु पर्ने प्राबधान गरेका कारण रुमहरुमा एट्याचबाथरुम राख्न पाईदैन । उक्त जमिन एक्यापको मातहातमा रहेको छ । उनले भने “जापानमा धेरै बर्ष बसियो अब नेपालमा जापानको सिप प्रयोग गरेर विदेशी पर्यटकहरुलाई राम्रो सेवा दिएर गाँउमै बसेर धेरै आम्दानी गर्ने लक्ष्य राखेको छु ।” भूकम्पले गर्दा तत्काललाई केहि असर पारे पनि प्रकृतिक विपद भएकोले अर्काे सिजनमा पर्यटकहरु नेपाल घुम्न आउनेमा उनी ढुक्क छन ।

उनले भने “पर्यटकको सिजनमा पर्यटकहलाई हामीले राम्रो सेवा दिन अझै पनि सकेका छैनौं । ” हामीकहाँ गुणस्तरीय पर्यटकहरु भित्राउन सरकार र व्यावसायीहरुको महत्वपुर्ण भुमिका रहेको बताएका होटल व्यावसायी गुरुङले हाल आएका धेरै पर्यटकहरु कम गुणस्तरका भएको उनले बताए । अन्नपुर्ण पदमार्ग अन्र्तगत अन्नपुर्ण क्षेत्र आयोजना एक्यापको जमिन भित्र निमार्ण भएका अधिकाश होटलहरु पुरानै मोडलमा निमार्ण भएको अन्नपुर्ण क्षेत्र आयोजना एक्याप पोखराका प्रमुख लालप्रसाद गुरुङले बताए । सवैतर्फ एकरुपता काउयम गर्न पनि
आफुहरुले यस्तो कदम चालेको उनले बताए ।

एक्यापले सर्त राखेर व्यावसायीहरुलाई एक्यापको जमिनमा होटल तथा पर्यटनको भौतिक संरचना बनाउन दिएको प्रमुख गुरुङले बताए । उनका अनुसार अन्नपुर्ण पदमार्ग क्षेत्रमा करीब एक हजार वटा होटल तथा रेष्टुरेण्टहरु रहेका छन । एकै रातमा विभिन्न ठाँउमा गरी २० हजार पर्यटकहरु समेत राखन सकिने भएको प्रमुख गुरुङले दाबी गरे । प्रति होटलमा २० जनाको दरले पर्यटकहरुलाई राख्न सकिने भएको उनले जनाए । पोखराबाट नयाँपुल, विरेठाँटी, घान्द्रुक हुदै घान्द्रुक टाडापानीमा पुग्न सकिन्छ । घान्द्रुकबाट पैदल ३÷४ घण्टामा टाढापानी पुग्न सकिन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *