दिननाथ बराल
पोखरा, २०७२ असार २५,
ह्दयघातका कारण पोखराका एक साहायक प्रिन्सिपलको ज्यान गएको छ । पोखराको पार्दीविरौटामा रहेको शान्ति निकेतन उच्च माविका साहायक प्रिन्सिपल दुर्गाबहादुर गोदार थापाको सुक्रबार विहान मर्निङ वाक गर्ने क्रममा ह्दयघात हँुदा उनको ज्यान गएको बिद्यालयले जनाएको छ ।
थापाको ४० वर्षको उमेरमा विहान ६ः३० बजे पोखरा घारीपाटन क्षेत्रमा मर्निङ वार्क गर्दा एका एक छाती दुखेर पर्खाल समात्न पुगेका थापा ह्दयघात भएर उनको ज्यान गएको बिद्यालयका डाईरेक्टर हरिश आर.के.ले बताए । ह्दयघात भएर वेहोस भएपछि नमस्ते अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषित गरेको थियो । थापाको अन्तिम दाहसंस्कार समेत गरीएको छ ।
स्वर्गिय थापाको एक श्रीमती, १ छोरा र १ छोरी छन। थापाले करीब २ दशक विद्यालयमा रहेर सेवा गरेका थिए । थापा जस्तो एक कमर्ठ इमान्दार व्यक्तिको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको डाईरेक्टर हरिश आर.के. ले बताए । थापाको निधनमा शोक व्यक्त गर्दै आज एक दिन विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।