ताजा खबर

शक्तिशाली जोडी

२०७२ असार २५,

ब्राड पीट र एन्जिलिना जोली

दुई शक्तिशाली जोडीका रूपमा परिचित उनीहरूको पहिलो भेटघाट धेरैको चासोको विषय बन्यो, उनीहरूको भेटघाट जान्ने र हेर्ने चाहना धेरैमा थियो तर दुर्भाग्य नै मान्नुपर्छ, उक्त भेटलाई अत्यन्तै गोप्य राखियो । हलिउडका लोकप्रिय जोडी ब्राड पिट र एन्जेलिना जोलीले प्रिन्स विलियम र केट मिडलटनसँग क्यासिंगन प्यालेसमा भेटेका थिए । एक चर्चित म्यागजिनका अनुसार दुवै दम्पतीले गैरकानुनी ढंगले हुने वन्यजन्तुको व्यापारमा लगाम लगाउने विषयमा कुराकानी गरे । घन्टौं लामो उनीहरूको भेटघाटमा अन्य विषयमा पनि कुराकानी भएको बताइन्छ । ब्रान्जेलिना जोडीले रोयल बेबी प्रिन्स जर्जका लागि गिफ्टसमेत लगेका थिए । यी दुवै जोडीले गत वर्ष बाफ्टा एवार्ड समारोहमा सहभागिता जनाए पनि उनीहरूको भेट भने हुन सकेको थिएन ।

पेरिसलाई उडाइयो

चर्चित सेलिब्रेटी पेरिस हिल्टन एक होटलको प्रवद्र्धनमा दुबई पुगेकी थिइन् । उनी सहरको एरियल टुरमा थिइन्, त्यही क्रममा प्राविधिक गडबडीका कारण प्लेनमा समस्या आएको भन्दै एउटा अनाउन्समेन्ट आयो । प्लेन क्र्यास हुन सक्ने कुरा उक्त अनाउन्समेन्टमा बताइएको थियो । सूचना सुन्नेबित्तिकै हिल्टनको सास नै रोकियो । उनी एकाएक चिच्याउँदै विमानलाई सकुशल उतार्न अनुनय–विनय गर्न थालिन् । ५ मिनेटसम्म उनको भयभीत मुद्राको तस्बिर र भिडियो बनाइयो । पहिले नै प्लेनमा हिडन क्यामेरा फिट गरिएको थियो । खासमा त्यो प्लेन क्र्यास हुनेवाला थिएन । एक इजिप्सियन टेलिभिजनको रियालिटी शोका लागि उक्त स्क्रिप्ट पहिले नै तयार पारिएको थियो । उक्त टिभी शोमा सेलिब्रेटिजलाई कुनै पनि बदमासीको माध्यमबाट बेबकुफ बनाइन्छ । पछि जब हिल्टनलाई यथार्थ थाहा भयो, पहिले त उनी नि:शब्द भइन् अनि सम्हालिँदै भनिन्– ‘म जीवनमै यति धेरै डराएको यो पहिलो घटना थियो, मैले मृत्युलाई नजिकबाट आत्मसात् गरें ।’

स्रोत : साप्ताहिक

Related posts