ताजा खबर

गायिका वलीको बाँझो खेतमा

२०७२  असार २५,

भूकम्पले त्रसित गाउँलेहरूलाई मनोरञ्जन प्रदान गर्दै त्रासबाट मुक्त गराउने प्रयासस्वरूप नुवाकोट र रसुवामा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । गीत–संगीतमार्फत सरसफाइ तथा जनचेतनामूलक अभियान लिएर आफू नुवाकोट आएको बताउँदै वलीले शुक्रबार त्रिशूली बजारमा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिन् । हजारौं विद्यार्थीको चाहनाअनुसार ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा …’ गाउँदै–नाच्दै वलीले भूकम्पको पीडा बिर्सन सबैसँग आग्रह गरिन् ।

‘०७२ साल वैशाख १२ आयो भूकम्प, आजभोलि नि आइरा’ पराकम्प, नडराउनु है सबै बस्नुहोला सर्तक भै’ भन्दै गीत सुनाएपछि मञ्चमा चर्चित हास्यकलाकारहरू जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बूढा’ नीरज नेपाल तथा सेरु गुरुङ आदि पनि प्रस्तुत भए । यसैगरी धुञ्चे र कालिकास्थानमा समेत गत बिहीबार यस्तै कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा गायिका वलीका साथमा पारि त्यो डाँडामा घाम लाग्यो घमाइलोका गायक कालिप्रसाद बाँस्कोटा, गायिका सीमा सङ्ग्रौला, गायक सन्तोष लामालगायत स्थानीय कलाकारहरूले विभिन्न जनचेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

स्रोत : साप्ताहिक

Related posts