२०७२ असार २५,
गत वैशाखमा गएको भूकम्पका कारण क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणका लागि एफ वान ग्रुपद्वारा अमेरिकाको लस एन्जल्समा सांस्कृतिक कार्यक्रम तथा मिस नेपाल क्यालिफोर्निया–२०१५ सम्पन्न भएको छ । कार्यक्रममा निमा रुम्बा, हेमन्त राणा, नलिना चित्रकार, दिपेशकुमार भट्टराई, सरोज दत्त तथा आस्था भण्डारीजस्ता नाम चलेका कलाकार सहभागी थिए । कार्यक्रममा अनु गौतम, युनिस शिवाकोटी, मिस नेपाल यूएसए– २०११ की फस्र्ट रनर्सअप तिलस्मी विष्ट, कर्ण चन्द, राम चौधरी, विनोद गुरुङ तथा अमृत महर्जनको पनि सहभागिता थियो ।
उक्त अवसरमा सम्पन्न मिस नेपाल क्यालिफोर्निया–२०१५ को उपाधि अनुषा कार्कीले जितेकी छिन् भने फस्ट रनर्सअपमा सुष्मा पन्त तथा सकेन्ड रनर्सअप अनिशा ओली छनौट भएका छन् । मिस नेपाल क्यालिफोर्निया– २०१५ मा सहभागी प्रतिस्पर्धीहरूलाई पूर्वमिस नेपाल मलिना जोशीले प्रशिक्षण दिएकी थिइन् ।
स्रोत : साप्ताहिक