
२०७२ असार २५,
चलचित्रमा गौहर
टेलिभिजन स्टार गौहर खानले एक चलचित्रको आइटम सङमा आकर्षक नृत्य प्रस्तुत गर्ने भएकी छिन । लोकप्रिय रियालिटी शो बिगबोस–७ की विजेता गौहरको एरोगेन्ट अदालाई चलचित्र क्या कुल है हम–३ मा ग्लामरस डान्सका साथमा हेर्न पाइनेछ । एकता कपुरद्वारा निर्मित क्या कुल है हम–३ मा अफताव शिवदासिनी, तुषार कपुर तथा इरानी मोडल मनदाना करिमीको मुख्य भूमिका छ । प्राप्त जानकारीअनुसार यो गीत एक ड्रिम सिक्वेन्समा हुनेछ । गौहरलाई लिएर दुई दिन सुटिङ गर्ने तयारीका साथ एक स्टुडियो बुक गरिएको छ । यही साता छायांकन हुने यो गीतलाई कनिकाले गाएकी छिन । गीतमा गौहरका साथमा तुषार तथा अफताव पनि हुनेछन ।
टेलरकी आदर्श जोली
चर्चित गायिका टेलर स्विफ्टका अनुसार उनले परिवारलाई सहज रूपमा सञ्चालन गर्न एन्जेलिना जोलीबाट टिप्स लिने भएकी छिन् । भोलीका दिन आफ्ना बच्चा भएपछि आफ्नो प्रसिद्धिका कारण उनीहरूले दिक्क महशुष गर्नु नपरोस् भन्ने कुराले टेलरलाई चिन्तित बनाएको छ । त्यसैले उनले एन्जेलिनाबाट सल्लाह लिने निर्णय गरेकी हुन् । हाल एन्जेलिनाले ६ सन्तानको कुशलतापूर्वक केयर मात्र गरेकी छैनन् उनीहरूलाई असल नागरिक बनाउने बाटोतर्फ अग्रसर गराएकी छिन् । टेलरका अनुसार जोली यति लोकप्रिय हुँदाहुँदै पनि आफ्ना सन्तानलाई मिडिया र प्रशंसकहरूबाट सुरक्षित राख्न सफल छिन् ।
स्रोत : साप्ताहिक