ताजा खबर

अब हामीले के गर्ने ?

म २१ वर्षीया नवविवाहित महिला हुँ । मेरो विवाह भएको भर्खर २ महिना भयो । परिवार नियोजनका साधन प्रयोग गरेपछि गर्भ नरहन सक्छ भन्ने डरले कुनै साधन प्रयोग गरेकी छैन । हामीलाई तुरुन्त सन्तान चाहिएको छैन । अब हामीले के गर्ने ?

उत्तर :

विवाह गर्नेबित्तिकै घर–व्यवहार तथा जिम्मेवारीले गर्दा सन्तान नपाउने योजना धेरैको हुन्छ । धेरै किसिमका परिवार नियोजनका साधन उपलब्ध छ । सबै साधनको आ–आफ्नै विशेषता तथा असर हुन्छ । नवदम्पतीले प्रयोग गर्ने परिवार नियोजनको साधन भरपर्दो तर प्रयोग गर्न छोड्नेबित्तिकै गर्भ रहने खालको हुनुपर्छ । त्यसैले अधिकांश दम्पतीले कन्डम प्रयोग गर्छन् । कन्डम कतिपयलाई झन्झटिलो तथा प्रयोग गरिसकेपछि फाल्न अप्ठ्यारो लाग्ने भएकाले खाने चक्की (पिल्स) प्रयोग गर्न सकिन्छ । पिल्सको पनि केही सामान्य असर हुन्छ जुन बिस्तारै हराएर जान्छ । महिनावारी नियमित गर्ने र छोड्नेबित्तिकै गर्भ रहने भएकाले पिल्स नवदम्पतीहरूका लागि उपयुक्त मानिन्छ । खाने चक्की प्रयोग गर्न सुरु गर्नु अघि नजिकको स्वास्थ्य संस्थामा गएर परामर्श लिनु आवश्यक हुन्छ ।
स्रोत : साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *