ताजा खबर

कोरियन र नेपाली कम्पनीबीच सहकार्य 

काठमाडौ,  २०७२ असार २५,

भूकम्प प्रतिरोधी घर निर्माणका लागि कोरियन कम्पनी नाइन वनवन टिमले नेपाली कम्पनी साराङसन ग्रुपसँग सहकार्य गर्ने भएको छ । दुबै कम्पनीबीच बुधबार राजधानीको होटल याक एन्ड यतीमा सहकार्य सम्झौता भयो । चीन, इन्डोनेसिया, फिलिपिन्स, टर्की, श्रीलंका, पाकिस्तानलगायत मुलुकमा भूकम्प प्रतिरोधी घर निर्माण गर्नुका साथै भूकम्प उद्धारकार्यसमेत गर्दै आएको नाइन वनवन कम्पनी नेपालले पाउनु सुखद रहेको साराङसनका अध्यक्ष हिराबहादुर कार्कीले बताए ।

नाइन वनवनका अध्यक्ष एवं नेपाल रिबिल्ड प्रोजेक्ट टिमका प्रमुख ली खाङले नेपालमा पनि उद्धारमा संलग्न हुन पाउँदा खुसी लागेको बताउँदै अब विपत्बाट बच्न आफूहरूले नेपाली माटो सुहाउँदो र सस्तो स्टिल घरहरू बनाउन चाहेको बताए । लीले भूकम्प पीडित बच्चाहरू अध्ययन गर्ने, खेल्ने र पीडितहरूले सीपमुलक तालिम लिन मिल्ने सामुदायिक केन्द्रको निर्माणसँगै आफूहरूको प्रोजेक्ट सुरु हुने जनाए । नाइन वनवनको ११ जनाको उद्धार समूह भूकम्प लगत्तै नेपाल आई सिन्धुपाल्चोक, काठमाडौं र भक्तपुरको उद्धार कार्यमा जुटेको थियो ।

ग्यालेक्सी जम्बो बास्मती बजारमा

काठमाडौं (कास)– हरपल चामलको उत्पादक गोयल ओभरसिजको नयाँ ब्रान्ड ‘ग्यालेक्सी जम्बो बास्मती चामल ५ केजीको प्याकमा बजारमा आएको छ । हरपल फुड्सले १० वर्षदेखि गोयल ओभरसिजद्वारा उत्पादित रिच राइस, उसिना, पसन्द र जी वन ब्रान्डका चामल बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले खाडी मुलुकलगायत, अमेरिका र युरोप गरी करिब २२ राष्ट्रमा समेत निर्यात गर्दै आएको जनाएको छ ।

स्रोत :  कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *