ताजा खबर

ऐतिहासिक फिल्म कीर्तिपुर निमार्ण

दिननाथ बराल
पोखरा  २०७२ असार २५,

विभिन्न प्रकृतिका फिल्महरुको माझमा ऐतिहासिक नेपाली चलचित्र कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी फिल्म निमार्ण भएको छ । तत्कालिन राजा पृथ्बीरानायण शाहले एकिकरणको अभियानमा १८ औं सताब्दीमा कीर्तिपुरमा गरेको आक्रमण सहितका बिषय बस्तुलाई समेटेर उक्त फिल्म निमार्ण गरीएको फिल्मका निर्देकशक प्रदीप खड्गीले सुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन । निर्देशक खड्गीले भने “फिल्म क्षेत्र हाल खस्कदै गएको अबस्थामा हामीले ऐतिहासिक फिल्म बनायर फिल्म उद्योगलाई अघि बढाउन चाहेका हौं ।” ३ बर्ष लागेर निमार्ण भएको उक्त फिल्म पोखराबाट भदौको पहिलो सातमा बिषेश प्रर्दशनी हुने भएको छ । भदौ १ देखि ३ गतेसम्म पोखरा उद्योग बाणिज्य संघको सभाहलमा उक्त फिल्मको बिषेश प्रर्दशनी हुने भएको खड्गीले बताए ।
सेन्सर वोर्डले ४ महिना लागेर सेन्सर गरेको उक्त फिल्ममा कीर्तिपुर युदमा प्रयोग हुने भौतिक संरचना तथा भेषभुषा समेत प्रयोग गरीएको छ । फिल्ममा पुरानै जीवनशैली तथा परिवेस समेत समेटिएको छ ।

करीब ५० लाख रुपैयाको लागतमा निमार्ण भएको उक्त फिल्म पोखरामा बिषेश प्रदशनीबाट बचत भएको केहि रकम कास्कीका भूकम्प प्रभावित भएका छात्रछात्राको लागि खर्चने निर्देशक खड्गीले बताए । साहित्यकार बासु पासाङद्धारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित उक्त फिल्म फोकस पिक्चर्सको व्यानरमा निमार्ण भएको हो भने फिल्मको कला निर्देशकमा केके मानन्धर रहेका छन । चलचित्रको मुख्य भुमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ लगायतले कला प्रस्तुत गरेका छन । काठमाण्डौ, भक्तपुर, नुवाकोट तथा गोर्खामा उक्त फिल्मको छायाँकन भएको छ । उक्त फिल्मको निर्मातामा अनन्तकुमार श्रेष्ठ रहेका छन । भूकम्प प्रभावित कास्कीका वालवालीकाहरुको लागि करीब एक लाख ८० हजार रुपैया सहयोग गर्ने आफुहरुको लक्ष्य रहेको कार्यक्रम संयोजक सुवास मल्लले बताए ।

Related posts