ताजा खबर

भूकम्पले ह््वात्तै घटेको पर्यटकको सङख्या विस्तारै बृद्धि हुदै

एक हप्तामा १६८ पर्यटक अन्नपूर्ण पदमार्गमा

दिननाथ बराल
पोखरा, २०७२ असार २४,

वैशाख १२ गते आएको बिनाशकारी भूकम्पले गर्दा नराम्ररी खस्केको पर्यटन क्षेत्र विस्तारै बृद्धि हुन थालेको छ । भूकम्पले गर्दा प्रभावित भएका स्थानहरुमा उद्धार र राहतको काम सके पछि जनजिवन सामान्य अबस्थामा फर्केसंगै पर्यटन व्यावसायमा समेत नयाँ आसा पलाउन थालेको छ ।

विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङख्यामा समेत बढ्न थालेको छ । वर्खायाममा खासै पदयात्रा नभए पनि भूकम्प पछिको पछिल्लो एक हप्ता देखि अन्नपुर्ण पदमार्गमा विभिन्न राष्टका पर्यटकहरु पदयात्रामा निस्कन थालेका छन । अन्नपुर्ण संरक्षण आयोजना ए–क्यापले दिएको जानकारी अनुसार जुलाई एक देखि ७ तारिख अर्थात असार १५ देखि २२ गतेसम्म एक हप्तामा काठमण्डौबाट भन्दा पोखराबाट धेरै पर्यटकहरुले अन्नपूर्ण पदमार्गमा जानको लागि प्रबेश शुल्क तिरेका छन । ए–क्याप पोखराका प्रमुख लाल प्रसाद गुरुङका अनुसार एक हप्तामा काठमाण्ठौबाट ५४ जना र पोखराबाट १ सय १४ जना पर्यटकहरुले अन्नपूर्ण पदमार्गमा जानको लागि प्रबेश शुल्क तिरेका छन । उक्त पर्यटकहरु मध्य पोखराबाट अन्नपुर्ण पदमार्गमा जाने ७२ जना भारतीय पर्यटकहरु रहेको गुरुङले जनाए । प्रमुख गुरुङका अनुसार गत बर्षको जुनमा मात्र ६ हजार ४ सय ५३ जना अन्नपूर्ण पदमार्गमा पर्यटकहरु गएका थिए भने यस बर्षको जुनमा ६ सय १२ जना मात्र पर्यटकहरुले भ्रमण गरेका छन ।

गत बर्षको मेमा १० हजार ७ सय ८१ जना पर्यटकहरुले अन्नपुर्ण पदमार्गमा भ्रमण गरेकोमा यस बर्षको मेमा भने १ सय ४७ जनाले मात्र भ्रमण गरेका छन । गत बर्षको अप्रिलमा भने १४ हजार ३ सय ६ जना पर्यटकहरुले अन्नपुर्ण पदमार्गमा जानको लागि प्रबेश शुल्कः तिरेका थिए यो बर्ष भने ३ हजार ७ सय ८० जनाले मात्र अन्नपुर्ण पदमार्गमा भ्रमणको लागि प्रबेश शुल्क तिरेको ए क्यापले जनाएको छ । भूकम्प पछि करीब ९ सय २७ जना पर्यटकहरु अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्केका छन । पछिल्लो एक हप्तामा मात्र यो सङख्या भने एक सय ६८ रहेको छ । अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय स्थलहरुको भूकम्पले के कस्तो प्रभाव पार्यो भन्ने बिषयमा ए क्याप र सामर्थ प्रोजेक्टले हेलिकोप्टर मार्फत अध्ययन अवलोकन समेत गरेको छ । अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय स्थलहरुमा भूकम्पले खासै कुनै प्रभाव नपारेको प्रमुख गुरुङले जनाए ।

अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी पुन हिलमा भेटिएका विभिन्न देशका पर्यटकहरु रमाउदै थिए । कोहि सामुहिक तष्विर लिन त कोहि सेल्फी फोटो आफ्नो मोवाइलमा कैद गर्न । समुद्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुन हिलबाट झुल्के घामसंगैको अन्य दृश्य हेर्नेहरुको सधै जसो भिडभाड हुने गर्दछ । वेलायता एक नागरीक क्रिसले नेपालमा भूकम्पको केहि ठाँउमा प्रभाव परे पनि अन्नपूर्ण पदमार्ग सहितका धेरै पर्यटकीय स्थलहरु सुरक्षित रहेको जानकारी पाए लगतैै आफुहरु नेपाल आएको बताए । वेलायतबाट नेपाल भ्रमणमा आएका क्रिस दुई जनाको साथमा ११ दिने भ्रमणमा निस्केका हुन । अमेरीका, न्युजील्याण्ड, वेलायत लगायतका देशहरुले नेपालमा भूकम्प पछि भ्रमणको लागि आफ्ना देशका नागरीकहरुलाई खुल्ला गरेसंगै पर्यटकहरुको सङख्यामा विस्तारै बृद्धि भएको टान क्षेत्रिय संघ पोखराका सदस्य कृष्ण प्रसाद आचार्यले बताए । घान्द्रुक ८ टाढापानीका एक होटल व्यावसायी मन बहादखुर क्षेत्रिका अनुसार भूकम्पले गर्दा करीब दुई महिना जसो शुन्य जस्तै भएको पर्यटकको सङख्यामा पछिल्लो एक हप्ता देखि केहि पर्यटकहरु देखिन थालेका छन ।

यसै विच, पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) ले अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको जनाएको छ । अन्नपूर्ण क्षेत्रमा भूकम्पले कुनै पर्यटकीय स्थलहरुमा असर नपारेकोले त्यस क्षेत्र पर्यटको लागि सुरक्षित भएको पिटिआसीका संयोजक गणेश बहादुर भट्टराईले बताए । भूकम्प प्राकृतिक विपद भएको बताएका भट्टराईले अर्को सिजनमा पर्यटक आउने गरी सरकार तथा पर्यटन व्यावसायीहरुले आ–आफ्नो क्षेत्रबाट प्रचार प्रसार गर्नु पर्ने बताए ।

Related posts