ताजा खबर

हिन्दुवादी संघठनद्वारा सलमानको ‘बजरंगी भाईजान’को प्रदर्शन रोक्ने धम्की  

मुम्बाई, २०७२ असार २४,

सलमान खानको नयाँ रिलिज हुन लागेको चलचित्र ‘बजरंगी भाईजान’ को विरोधमा अखांडा परिषद्ले मोर्चाबन्दी सुरु गरेको छ । परिषद्का अध्यक्ष महन्थ नरेन्द्र गिरीले बुधबार चलचित्रको रिलिज नै रोक्ने दाबी गरे ।

उनले भनेका छन्, ‘प्राय: फिल्मको माध्यमबाट हिन्दू देवी–देवताको अपमान गरिदैँ आएको छ । हनुमानको नाम यसरी बजरंगी भाईजानको साथमा जोड्नु सही थिएन । फिल्म बनाउनेले हिन्दू देवी–देवताको अपमान गर्छन् भने स्थिति गम्भिर हुन्छ । अब यस्ता कुरा सहन सकिन्न ।’

केही व्यक्ति फिल्मको विरोधमा अदालतसम्म पुगेका छन् । नरेन्द्र गिरीले अदालतले रोक नलगाए चलचित्रमाथि रोक लगाउन परिषद्ले रणनीति तयार पार्ने बताएका छन् ।

भर्खरै मात्र इलाहावादको हाइकोर्टमा एक जनहित याचिका दर्ता गराएर फिल्मको एक गीतप्रति आपत्ति जनाइएको छ । याचिकामा फिल्मको नाम हिन्दूको भावनामा ठेस लगाउने खालको रहेको उल्लेख छ ।

चलचित्रमा हिन्दू धर्मप्रति ठेस लाग्ने प्रकारका विषयहरु हटाउन समेत निर्देशकलाई आव्हान गरिएको छ ।

स्रोत : रातोपाटी

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *