
एजेन्सी लन्डन, २०७२ असार २४,
इंग्लिस प्रिमियरसिप लिगको नयाँ सिजनमा आर्सनलका स्टार खेलाडीद्वय एलेक्सिस सान्चेज र मेसुत ओजिलबीच दश नम्बर जर्सीका लागि प्रतिस्पर्धा हुने छाँटकाँट छ । दुई सिजनदेखि ओजिलले १० नम्बर जर्सी लगाइरहेका छन् । तर, पछिल्लो प्रदर्शनका आधारमा चिलीका स्ट्राइकर सान्चेजलाई सो जर्सी प्रदान गर्नुपर्नेमा छलफल सुरु भएको छ । चिलीले पहिलोपटक कोपा अमेरिका जित्दा सान्चेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । जर्मन मिडफिल्डर ओजिलले गत संस्करणमा आर्सनललाई तेस्रो स्थान रक्षा गराउन प्रेरणादायी प्रदर्शन गरे । उत्कृष्ट फर्ममा रहेका सान्चेजलाई नै १० नम्बरको जर्सी प्रदान गर्नुपर्ने धारणा आर्सनलमा देखिएको छ । अर्कोतिर एकै प्रतियोगिताका आधारमा सान्चेजलाई १० नम्बर जर्सी दिन नहुने भनाइ पनि छ ।
इंग्लिस प्रिमियर लिगमा आर्सनल कठिन मोडमा रहँदा ओजिलले उद्धार गरेका थिए । यसै प्रदर्शनका कारण उनलाई नै १० नम्बर जर्सी प्रदान गर्नुपर्ने आर्सनलका समर्थकले जनाएका छन् । आर्सनलले रियल म्याड्रिडबाट ओजिललाई अनुबन्ध गर्दा ११ नम्बरकै जर्सी दिएको थियो । ओजिल र सान्चेज आर्सनलका मुख्य खेलाडी हुन् । गत संस्करणमा ओजिल र सान्चेजले ४ पटक मात्र पहिलो सेटमा प्रतिस्पर्धा गरेका थिए । ओजिलको तुलनामा सान्चेजले कम गोल गरका छन् । दुई खेलाडीबीच आपसी तालमेल नमिल्दा नै प्रशिक्षक आर्सेन वेंगरले दुवैलाई विस्थापन्न खेलाडीका रूपमा प्रतिस्पर्धा गराएका छन् । ‘अहिले १० नम्बरको जर्सी कसलाई दिने चर्चा चलेको छ,’ आर्सनलका प्रशिक्षक वेंगरले भने, ‘यस विषयमा हामी छलफल गछौँ ।’ आर्सनलमा रहँदा ओजिल कहिले पनि चोटग्रस्त भएनन् । उनले क्लबका लागि शतप्रतिशत फिटनेस कायम राखेका छन् । यसविपरीत सान्चेजको फिटनेसमा उतारचढाव रह्यो । बार्सिलोनाबाट आर्सनलसँग आबद्ध हुँदा सान्चेजले सुरुवाती क्रममा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । फिटनेस समस्याका कारण सान्चेजले राम्रो प्रदर्शन गर्न नसकेको वेंगरको भनाइ छ ।
स्रोत : नया पत्रिका