
म्यानमार, २०७२ असार २४,
म्यानमारमा नोभेम्बरमा आमनिर्वाचन हुने भएको छ । ८ नोभेम्बरमा निर्वाचन गर्ने तय भएको निर्वाचन आयोगका अधिकारीले बिबिसीलाई जनाएका छन् । तर, म्यानमारमै भने यसको औपचारिक घोषणा भइसकेको छैन । म्यानमारमा २५ वर्षयता राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएका छैनन् । संसदीय सिटका लागि हुने यो निर्वाचनमा पाँचभन्दा धेरै राजनीतिक दलले सहभागिता जनाउने सम्भावना छ । नोभेम्बरमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्तारुढ दल युएसडिपी र आङ साङ सुकीको नेसनल लिग फर डेमोक्रेसीबीच हुनेछ । सुकीको दलले सन् १९९० मा निर्वाचन जितेको थियो, तर त्यसलाई रद्द गरिएको थियो । सन् २०१० देखि म्यानमारमा राजनीतिक सुधार जारी छ । सैनिक शासनलाई विस्थापित गर्दै २०१० देखि त्यहाँ सेना समर्थित नागरिक सरकार छ ।
स्रोत : नया पत्रिका