वासिंटन, २०७२ असार २४,
अमेरिकी मिडियाका अनुसार आगामी दुई वर्षभित्र अमेरिकी सेनामा ४० हजार सैनिकको कटौती हुँदै छ । खर्च कम गर्न चालिने यो कदममा अन्य १७ हजार कर्मचारीलाई पनि बिदा गरिने सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अखबार युएसए टुडेका अनुसार सैन्य कटौतीको यो घोषणा यही साताभित्र हुँदै छ । यो कटौतीपछि अमेरिकी सेनाको संख्या साढे चार लाख हुनेछ । यसअघि सन् २०१२ मा अमेरिकी सेनाको संख्या सबैभन्दा बढी थियो । त्यतिवेला अमेरिकी सेनाको संख्या ५.७ लाख थियो । इराक र अफगानिस्तानमा चरम संकटका कारण सैन्य संख्या बढाउनुपरेको त्यतिवेला अमेरिकी सरकारले जनाएको छ ।
स्रोत : नया पत्रिका