ताजा खबर

अन्नपुर्ण पदमार्गमा सुरक्षित रहेको –पिटिआरसीको दाबी

दिननाथ बराल,
पोखरा, २०७२  असार २३,

पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) ले अन्नपूर्णपद मार्ग सुरक्षित रहेको जनाएको छ । पिटिआरसीको आयोजना टान क्षेत्रिय संघको समन्वयमा नेपाल पर्यटन वोर्डको प्रवद्र्धमा अन्नपुर्ण पदमार्ग स्थलगत रुपमा अध्यन अवलोकन गर्न निस्केको टोलीले भूकम्पले गर्दा देशका केहि ठाउँमा प्रभाव पारे पनि अन्नपूर्ण क्षेत्रमा भूकम्पले कुनै पर्यटकीय स्थलहरुमा असर नपारेकोले त्यस क्षेत्र पर्यटको लागि सुरक्षित भएको दाबी गरेको हो ।

अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको घारा १ घोरेपानी पुन हिलमा बुधबार पर्यटन घोषणा पत्र जारी गर्दै टोलीले अन्नपूर्ण पदमार्ग पुर्ण रुपले पर्यटकीय दृष्टिले सुरक्षित रहेको दाबी गर्दै पाहुनालाई स्वागत गर्न स्थानीय पर्यटन व्यावसायीहरु समेत तत्पर भएको टान पोखराका सचिव विनय आचार्यले बताए । उनले भने “हामीले अन्नपूर्ण पदमार्ग सुरीक्षत छ भन्ने कुरा पोखरामै थाहा थियो तर हामीले स्थलगत रुपमा के कस्तो प्रभाव पर्यो भन्ने बिषयमा अध्ययन अवलोकन गरी पर्यटकीय स्थल घोरेपानी पुन हिलमा उक्त पर्यटन घोषणा पत्र जारी गरेका हौं।” केहि राष्ट्रहरुले नेपाल भ्रमणमा बाटो खुल्ला गरेकोले अब अन्य देशहरुले पनि नेपाल पर्यटकीय दृष्टिले सुक्षित रहेको सन्देश प्रभाव गरी बाटो खुल्ला गर्न टान पोखराका सदस्य कृष्ण प्रसाद आचार्यले बताए ।

स्थलगत अध्यन अवलोकनमा पिटिआरसीका संयोजक गणेश बादुर भट्टराई, बिभिन्न उपसमितिका संयोजक, पर्यटन व्यावसायी, पर्यटन प्रहरी सहित पत्रकारको समेत सहभागिता रहेको थियो । दुई रात तिन दिने उक्त कार्यक्रममा सहभागिहरु पोखरा विरेठाँटी हुदै घान्द्रुक टाडापानी, टाडापानीबाट वनठाँटी, देउराली हुदै घोरेपानी, घोरेपानी पुनहिल हुदै उल्लेरी, तिखेढुंगा हुदै टोली पोखरा फर्किएको छ ।

Related posts