ताजा खबर

विश्वका बृद्ध व्यक्तिको निधन

टोकियो, २०७२  असार २२,

विश्वका सबैभन्दा बृद्ध व्यक्तिको निधन भएको छ । जापानी नागरिक साकारी मोमोयीको ११२ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरुले जनाएका छन् ।

यही आइतबार उनको निधन भएको हो । जापानको साइतामा नगरका अधिकारीहरुले उनको निधन भएको औपचारिक जानकारी मङ्गलबार दिएका हुन् ।

साकारी गएका कयौंँ वर्षदेखि साइतामामा नै बस्दै आएका थिए । तर उनको निधन भने टोकियोको एक नर्सिङ होममा भएको थियो ।

सञ्चारमाध्यमहरुले उनको जन्म राइट दाजुभाईले हवाईजहाजको आविश्कार गरेर सफलताका साथ उडाएको अर्को महिना भएको भनी समाचार प्रकाशन एवम् प्रशारण गरेका राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *