ताजा खबर

क्यानाडेली मोडल युद्ध लड्न सिरियामा 

क्यानडा: २०७२ असार २२,

स्लामिक स्टेट आतंककारी सगंठन बिरुद्ध युद्ध लडेर एक क्यानाडेली पुर्व मोडल घर फर्किएकी छिन् । सिरियामा आइएस बिरुद्ध लड्दै आएको सशस्त्र सगंठन कुर्द वुमन फाइटर्सलाई सघाउंन उनि सिरिया पुगेर फर्किएको बताइएको छ ।

 बर्ष ४६ कि एक बच्चाकी आमा टाइगर सन वैंकुवर ४ महिना पछि घर फर्किएकी हुन् । हालै क्यानाडा फर्किसकेपछि उनले आफु आइएस विरुद्ध लड्न गएको सञ्चारमाध्यमलाई बताएकी छिन् ।

आइएसले सार्बजनिक गर्ने क्रुर हत्याका भिडियोहरु देखेर सो संगठन विरुद्ध युद्ध लड्न आफु प्रेरित भएको उनले बताएकी छिन् । मार्च १ मा सिरिया छिरेकी टाइगरले हतियार चलाउने विशेष तालिम लिएपछि धेरै युद्ध लडेको तर आफुले एकजना  पनि नमारेको बताएकी छिन् ।

उनले भनेकी छिन् ‘मेरो सहयोगमा सँगैकी साथीले भने २८ जिहादीको ज्यान लिइन् ‘।  सुरुका दिनमा जताततै देखिने लाश, र युद्धदेखी दिक्क लागेतापनि क्रमसः युद्धदेखी डर लाग्न छाडेको थियो उनले भनेकी छिन् ।  पुर्व मोडल टाइगर सलंग्न पीपुल्स प्रोटेक्शन यूनिटमा ७ हजार फाइटर्स आइएसविरुद्ध सिरियामा लड्दै आएको समाचारमा बताइएको छ ।

स्रोत  : अन्नपुर्णपोस्ट

Related posts