ताजा खबर

कुनै बेला आत्महत्याको कोसिस गर्ने कैलाश खेर कसरी बने सफल गायक?  

२०७२ असार२२ ,

कुनै समय आत्महत्याको कोसिस गरे कैलाश खेर आजबाट ४२ वर्षको भए । उनी अहिले भारतका चर्चित गायक बनिसकेका छन् ।

७ जुलाई १९७३ मा उत्तर प्रदेशस्थ्ति मेरठमा जन्मिएका कैलाश २००३ देखी बलिउडसँग जोडिएका हुन् ।

उनी खासरी सुरिला गीतका लागि चिनिन्छन् । सन् २००३ मा अक्षय कुमार, लारा दत्ता र प्रिंयका चोपडाले खेलेको फिल्म अन्दाजमा उनले गाएको ‘रब्बा इश्क न होवे’ गीत निकै चर्चित भएको थियो ।

यस गीतमा कैलाश मात्रै नभएर सोनू निगम, अलका याग्निक र सपना मुखर्जीको समेत स्वर थियो । उनले सन् २००३ मै ‘वैसा भी होदा है पार्ट–२’ मा ‘अल्लाह के बंदे’ नाम गीत गाए । यही गीतले कैलाशलाई बलिउडमा स्थापित गरिदियो ।

अहिले उनले स्वदेश, काल, फना, आजा नच ले, चाँदनी चोक टु चाईना, फस गए रे ओबामा, गली–गली चोर हैँ, लक्ष्मी, देसी कट्टे लगायतका थुप्रै फिल्ममा आफ्नो आवाज दिइसकेका छन् ।

व्यापारमा घाटा व्यहोर्दा आत्महत्या गर्ने विचार

मुम्बईमा उनी संघर्ष गर्नका लागि छिरेका थिए । त्यसअघि सन् १९९९ सम्म उनी आफ्ना एक साथिसँग दिल्लीमा व्यवसाय गरिरहेका थिए । व्यवसायमा नोक्सान भएपछि उनी टाट पल्टिए । त्यति नै बेला उनलाई आत्महत्या गर्ने विचार आएको थियो ।

उनले यसबीच कामको खोजीमा सिंगापुर र थाइल्याण्डमा ६ महिना बिताए । यसपछि उनी दिल्ली फर्किए र सन् २००१ मा मुम्बई आए । उनले निकै संघर्ष गरे । त्यसबीच उनीसँग चप्पल किन्ने पैसा समेत थिएन ।

मुम्बई आएपछि लामो समय स्टुडियोको चक्कर लगाए । एक दिन उनलाई राम संपतले एक विज्ञापनका लागि सिंगल गाउन मौका दिए । त्यसबापत उनले ५ हजार रुपैँया पाएका थिए । त्यतिबेला ५ हजार ठूलो पैसा थियो, जसले उनले धेरै दिन काम चलाए ।

उनी भित्रिएपछि हिन्दी सिनेमाको संगीतमा परिवर्तन आएको थियो । कैलाशले सन् २००९ मा भ्यालेन्टाइन डेको दीन विवाह गरे ।

स्रोत : रातोपाटी

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *