ताजा खबर

स्वीस रेलवेले एसियालीलार्इ सिकाउन थाल्यो शौच गर्ने तरिका  

ब्रेन(स्वीटजरल्याण्ड), २०७२ असार २२,

सार्वजनिक शौचालयमा शौच गरेर पानी नहाल्ने, प्यानभन्दा बाहिर जथाभावि शौच गर्ने तथा सेवाग्राहीले शौच गर्ने तरीका नजान्दा नेपालका सार्वजनिक शौचालयहरु निकै फोहर हुने गरेका छन्।

हुन त शौच गरेपछि पानी हाल्ने सूचना लेखेर टाँसिएको पनि हुन्छ । तर, चित्रैमार्फत कसरी शौचालय प्रयोग गर्ने भन्ने तरिका सिकाउन थालेको छ, स्विटजरल्यान्डको एक कम्पनीले।

लगातार सार्वजनिक शौचालयको फोहरका कारण हैरान भएको स्वीस रेल्वे कम्पनीले एसियाली पर्यटकलाई शौच गर्ने तरिकाबारे सिकाउन थालेको खबर द इन्डियन एक्सप्रेसले छापेको छ।

कम्पनीले रेलमा एक पोस्टर टाँसेर शौचालयमा शौच गर्ने तरिकाबारे चित्रमा देखाएको छ। कम्पनीले देशको मुख्य पर्यटकीय स्थल माउन्ट रिगी जाने रेलमा यस्तो चित्रसहतिको पोस्टर टाँसेको हो।

उक्त पोस्टरमा शौच गरिसकेपछि कसरी ट्वाइलेट पेवर प्रयोग गर्ने भन्ने बारे पनि जानकारी दिइएको छ।फोहर हाल्ने भाँडो नराखिएकोले ले ट्वाइलेट पेपर प्रयोग गरेपछि त्यसलाई कसरी विसर्जन गर्ने भन्ने विषयमा पनि कम्पनीले जानकारी दिएको छ।

मध्ये स्विटजरल्यान्डको लेक ल्यूनर्सका बजार निर्देशक रोजर जोसका अनुसार त्यहाँ आउने अघिकांश पर्यटकलाई कसरी ट्वाइलेट पेपरको प्रयोग गर्ने भन्ने बारे जानकारी छैन। कतिपय पर्यटकले नुहाउने सावरमा नै शौच गर्ने गरेको पनि उनले बताए।

खाडी मुलुक तथा एसियाली देशबाट आउने पर्यटकले विशेष गरी शौचलाय प्रयोग गर्न नजानेको उनको आरोप छ।पर्यटन कार्यालयका प्रमुख मार्सेल फूररले भने, ‘यहाँ आउने धेरै पर्यटकलाई हाम्रो जीवन शैलीबारे जानकारी नै नभएकोले पनि यस्तो भएको हो।’

स्विटजरल्यान्ड आफ्नो सफाइको विषयमा विश्वमै प्रसिद्ध छ। ऊ आफूकहाँ आउने प्रर्यटकहरुलाई सफाइको तरिकाबारे जनकारी दिन पूर्णतया लागि परेको छ।

स्रोत : नागरिक

Related posts