ताजा खबर

‘संविधानको मस्यौदा र लिपुलेक सम्झौता च्यात्छौं’  

काठमाडौं, २०७२ असार २२,

नेकपा ‘माओवादीसहित ३३ दलीय मोर्चाले संविधानको मस्यौदा र लिपुलेकका बारेमा भारत र चीनले गरेको सम्झौतापत्र च्यात्ने घोषणा गरेको छ।

असार २६ गते संविधानको मस्यौदा र असार ३१ गते लिपुलेकका बारेमा भारत र चीनले गरेको सम्झौतापत्र च्यात्ने घोषणा मोर्चाले गरेको हो।

मोर्चाको सोमबार बुद्धनगरमा बसेको बैठकले असार २६ गते मुलुकभर विरोध प्रदर्शन गरी संविधानको मस्यौदा च्यात्ने निर्णय गरिएको मोहन वैद्यले बताए।

‘संविधानको मस्यौदा सम्बन्धमा संसद्‌वादीहरूद्वारा सञ्चालित जनमत संकलनको पनि विरोध र भण्डाफोर गर्ने निश्चित गरियो’, बैठकपछि वैद्यले जारी गरेको प्रेसविज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक सम्बन्धमा चीन र भारतबीच भएको सम्झौताको विरोधमा दुवै मुलुकको काठमाडौंस्थित राजदूतावासमा विरोधपत्र दिने निश्चित गरियो।

साथै नेपालको भूमि लिपुलेक उल्लेख गरी दुई मुलुकबीच गरिएको सम्झौताको २८ औ नम्बर बुँदा अविलम्ब खारेजीको माग गर्दै उक्त सम्झौतापत्र असार ३१ गते देशव्यापी रूपमा च्यात्ने निश्चित गरियो।’

स्रोत : अन्नपुर्णपोस्ट

Related posts