ताजा खबर

ओएएस सम्मेलनको मुख्य एजेन्डा आइएसको आतंक 

एजेन्सी बेइजिङ, २०७२  असार २२,

युरोसिया सम्मेलन (ओएएस) मा इस्लामिक स्टेट (आइएस) को बढ्दो प्रभावमा नै मुख्य एजेन्डाका रूपमा छलफल हुनेछ । ओएएस सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइएसको बढ्दो प्रभावका बारेमा छलफल गर्नेछन् । दुवै शक्तिशाली राष्ट्रपतिले आइएसले विश्वका विभिन्न राष्ट्रमा चलाइरहेको आतंककारी क्रियाकलापको विरोध गर्ने बिबिसीले जनाएको छ ।

‘आइएसको प्रभाव बढिरहेको छ, यसको खतरा समृद्ध राष्ट्रमा पर्न सक्छ,’ चिनियाँ राष्ट्रपति जिनपिङले सोमबार सिन्ह्वालाई भने, ‘सम्मेलनमा आइएसविरुद्धको लडाइँ नै मुख्य एजेन्डाका रूपमा प्रस्तुत हुनेछ ।’ शुक्रबार रुसमा ओएएस सम्मेलन हुनेछ । सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति जिनपिङ मस्कोमा जानेछन् । यता सांघाईको अपरेसनले सम्मेलनमा चीन, रसिया, काजखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानको सहभागिता रहने उल्लेख गरेको छ । युरासिया सम्मेलनमा ब्रिक्स देशका नेताहरूको पनि सहभागिता रहनेछ । ब्रिक्स राष्ट्रमा ब्राजिल, पाकिस्तान, भारत र दक्षिण अफ्रिका रहेका छन् । चिनियाँ उपविदेशमन्त्री चेङ गुपिङले इस्लामिक स्टेटको बढी प्रभाव अफगानिस्तानमा रहेको बताए । ‘सम्मेलनमा सहभागी नेताबीच अफगानिस्तानमा आइएसको प्रभाव र विस्तारको सम्भावनाका बारेमा विस्तृत रूपमा छलफल हुनेछ,’ गुपिङले भने, ‘चुनौतीको सामना गर्न के कस्तो सुरक्षा रणनीति अपनाउने भन्नेबारेमा पनि आवश्यक मात्रामा छलफल हुनेछ ।’

भारत–पाकिस्तान प्रधानमन्त्री भेट हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच सांघाई कोअपरेसन अर्गनाइजेसन सम्मेलनमा भेटवार्ता हुने भएको छ । १० जुलाईमा रुसको उफामा हुन लागेको सम्मेलनमा एसिया र युरोपका कैयौँ नेताले भाग लिनेछन् । भारत र पाकिस्तानी प्रधानमन्त्रीबीच वार्ता निश्चित भएको भारतीय मिडियाले जनाएको छ । गत नोभेम्बरमा काठमाडौंमा सम्पन्न सार्कको सम्मेलनपछि मोदी र सरिफबीच भेट भएको छैन ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *