ताजा खबर

‘एबीसीडी २’ सय करोडमा  

२०७२  असार २२,

मुम्बई- प्रदर्शन भएको १८ औं दिनमा ‘एबीसीडी २’ले सय करोड भारु कमाई गरेको छ। आइतबार २ करोड कमाई गर्दै फिल्मले १ अर्ब १ करोड कमाई गरेको हो। सय करोड कमाई गरेसँगै फिल्म बलिउडमा सय करोड कमाउने ३७ औं फिल्म बनेको छ।

यो वर्ष बलिउडमा जम्मा दुई फिल्मले मात्र घरेलु बजारबाट सय करोड कमाउने कीर्तिमान कायम गरेका छन्। यसअघि ‘तनु वेड्स् मनु’ले १ अर्ब ५० करोड कमाई गरे वर्षको सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको छ।

जुन १९ मा रिलिज भएको फिल्म सन् २०१३को हिट फिल्म ‘एबीसीडी’ को सिक्वेल हो। प्रभुदेवा बाहेक नयाँ कलाकार लिएर नृत्य निर्देशक रेमो डिसुजाले निर्देशन गरेको फिल्म हिट मानिएको थियो।

नृत्यमा आधारित पहिलो थि्रडी फिल्म ‘एबीसीडी’मा प्रभु देवा सँगै बरुण धवन र श्रद्वा कपुरको मुख्य भूमिका रहेको छ। ‘एबीसीडी २’ सय करोड क्लबमा प्रवेश गरेसँगै बरुण पनि सय करोड क्लबका अभिनेता बनेका छन्। सय करोड कमाउने बरुणको यो पहिलो फिल्म हो। श्रद्वा कपुरको भने दोस्रो फिल्मल सय करोड कमाएको हो। यसअघि श्रद्वा अभिनित ‘एक भिलेन’ले सय करोड कमाएको थियो।

‘एबीसीडी २’को सफलतासँगै बरुण र श्रद्वा अभिनित सबै फिल्म हिट भएका छन्। यसअघि श्रद्वा अभिनित ‘आशिकी २’ र ‘एक भिलेन’ हिट भएका थिए भने बरुण अभिनित ‘स्टुडेन्ट अफ दि इयर’, ‘मैं तेरा हिरो’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ र ‘बदलापुर’ हिट भएका थिए।

स्रोत : नागरिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *