काठमाडौ, २०७२ असार २१
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण कोरियामा हुने फुटबल फेस्टिबलका लागि सोमबार यू–१२ टिमको छनोट गरेको छ । अगस्तमा हुने फेस्टिबलका लागि भएको चरणबद्ध छनोटमा मोफसल तथा राजधानीका ६ सय ७० खेलाडी सहभागी भएको एन्फाले जनाएको छ । उसले त्यसबाट १८ खेलाडी चयन गरेको हो । कोरिया जानुअघि १२ खेलाडीको अन्तिम छनोट गर्ने पनि एन्फाले जनाएको छ ।
स्रोत : कान्तिपुर