२०७२ असार २०,
(एजेन्सी) फेसबुकमा ओरिजिनल भिडियो अपरोड गर्नेका लागि खुसीको खबर छ । अब यस्ता भिडियो अपलोड गरेबापत तपाईले कमाउन सक्नुहुनेछ ।
फेसबुकले अब एउटा नयाँ फिचर ल्याउँदैछ जसमा तपाईले आफ्नो टाइमलाईन वा फेसबुक पेजमा भिडियो अपलोड गर्नासाथ फेसबुकले त्यसमा विज्ञापन हाल्नेछ । त्यसबाट प्राप्त हुने आम्दानीको हिस्सा तपाईलाई समेत मिल्नेछ ।
तर भिडियो तपाई आफैँले खिचेको हुनुपर्नेछ र त्यसका कुनै कपिराईट लाग्न हुन्न । यस फिचरलाई सबैभन्द्या पहिले आईफोनमा परिक्षण गरिदैँछ । अहिले यूटुयूवमा भिडियो शेयर गरेर पैसा कमाउन सकिन्छ ।
तर अब फेसबुकले पनि आफ्ना प्रयोगकर्तालाई भिडियोबापत पैसा कमाउने मौका दिदैँछ । त्यसैले फेसबुकको यस्तो नीतिपछि यूट्यूवमाथि समस्या सिर्जना हुनसक्ने आंकलन गरिएको छ ।
स्रोत : रातोपाटी