काठमाडौं, २०७२ असार २०,
एकसाथ तीन प्रतियोगिता सम्पन्न भएका छन् । एसएलसीका विद्यार्थीलाई लक्षित गरी रिवन इन्टरटेनमेन्टको मिस एलएलसी अफ द इयर र मिस्टर एसएलसी अफ द इयर तथा स्टार वन इन्टरटेनमेन्टले मिस टिन एसएलसी–२०१५ आयोजना गरेका हुन् । राजधानीमा शुक्रबार सम्पन्न मिस एलएलसी अफ द इयरमा सगुन अर्यालले मिस ट्यालेन्ट र मस्ट पपुलरका साथ शीर्ष उपाधि जितिन् । प्रतियोगितामा ओजस्वी ढकाल बेस्ट पर्सनालिटीसहित फस्ट रनरअप र मस्ट क्रिएटिभसहित प्रतीक्षा खनाल सेकेन्ड रनरअप घोषित भइन् । फेसन आइकनको उपाधिसहित प्रियसा हमाल ठकुरी थर्ड रनरअप भइन् । मस्ट एक्टिभसहित प्रशंसा दाहालले फोर्थ रनरअपको उपाधि प्राप्त गरिन् । मिस्टर एसएलसीको शीर्ष उपाधि भने अधिराज मल्लले जिते । उनले बेस्ट फिजिक र फेसबुक च्वाइस उपाधि पनि प्राप्त गरे । दीपेन्द्र विष्ट बेस्ट फिटनेस र बेस्ट स्पिचसहित फस्ट रनरअप बने । सेकेन्ड रनरअपको उपाधि भने रोहित खड्गीले हात पारे । उनले मिस्टर फोटोजेनिकको उपाधि पनि जितेका थिए ।
प्रतियोगितामा सन्देश न्यौपानेले बेस्ट स्माइल, गगन फँुयालले मिस्टर क्याटवक, रिदम रिमालले बेस्ट हेयर, सलिन शर्माले मिस्टर क्याटवक, विश्वास बुढाथोकी मिस्टर ह्यान्डसम, स्वस्तिक आचार्यले मस्ट पपुलर र मिस्टर ट्यालेन्ट, करन थापाले मोस्ट फ्रेन्ड्ली, रिकी लामाले बेस्ट पर्सनालिटी, विपिन रानामगरले मस्ट डिसिप्लिन र रोचक लामाले मोस्ट स्टाइलिसको उपाधि प्राप्त गरेका थिए । अर्काे प्रतिस्पर्धा मिस टिन एलएलसीको शीर्ष विजेता बनिन् ओजस्वी कोइराला । उनले बेस्ट हेयरको उपाधि पनि जितिन् । बेस्ट स्पिचका साथ रोजिता महर्जन फस्ट रनरअप भइन् भने मोस्ट पपुलरका साथमा रिना तामाङले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरिन् । त्यसैगरी, जेनिफर तामाङ थर्ड रनरअपका साथमा बेस्ट पर्सनालिटी, नमुना गिरी फोर्थ रनरअपका साथमा बेस्ट फिजिक चुनिए ।
प्रतियोगितामा अनुशा थापामगर मस्ट फ्रेन्डली, अर्सुला सुवेदी ब्युटी विथ पर्पोज, सुजता श्रेष्ठ मोस्ट डिसिप्लिन, जोसना महर्जन मिस क्याटवक, रोनिभा थापा बेस्ट स्किन, जिम्मी महर्जन मोस्ट स्टाइलिस, सेविका कोइराला मिस ब्युटिफुल आइज, विनीता कार्की सोसियल्ली रेस्पोन्सिबल, रोजिना तामाड. मिस कन्जिनियालिटी, दिव्या थापा बेस्ट आर्टवर्क, आस्था कार्की बेस्ट स्माइल, मनिका श्रेष्ठ मिस ब्युटिफुल, विपना पुन बेस्ट फिटनेस घोषित भए । अश्विनी झाले कोरियोग्राफी गरेको तीनवटै प्रतियोगितामा विभिन्न चलचित्रकर्मीहरू सहभागी थिए ।
स्रोत : नया पत्रिका