ताजा खबर

इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा भोटिङ  

जेनेभा, २०७२ असार २०,

इजरायले अख्तियार गरेका नीतिविरुद्ध संयुक्त राष्ट्रसंघमा मतदान भएको छ । राष्ट्रसंघको मानवअधिकार परिषद्मा आएको प्रस्तावमा मतदान भएको हो । प्रस्तावमा अघिल्लो वर्ष गाजामा भएको संघर्षमा युद्ध अपराध गरेको आरोप लगाउँदै इजरायलविरुद्ध मतदान भएको हो । राष्ट्रसंघमा गएको प्रस्तावको इजरायलले खण्डन गरको छ । उसले आफूमाथि कुनै ठोस प्रमाणविना आरोप लगाइएको बताएको छ । राष्ट्रसंघमा गएको प्रस्तावमा गाजा क्षेत्रमा युद्धअपराधको आरोप लागेका अधिकारीमाथि कारबाही गर्ने प्रस्ताव पनि गरिएको छ । मतदानमा ४१ देशले यो प्रस्तावको समर्थनमा मतदान गरे । अमेरिकाले यसको विरोध गर्‍यो । भारतलगायत चार देशले मतदान बहिस्कार गरे । भारतले मतदानमा भाग नलिएपछि उसको प्यालेस्टाइनी नीतिमा परिवर्तन आएको अनुमान छ । तर, विदेश मन्त्रालयले यो अनुमानको खण्डन गर्दै भनेको छ, ‘प्यालेस्टाइनबारे भारतको कुनै पनि नीतिमा परिवर्तन आएको छैन ।’ विदेश मन्त्रालयले यसअघि पनि युएनएचआरसीको सिरिया र उत्तर कोरियाबारेका प्रस्तावमा भारतले सहभागिता नजनाएजस्तै यसपटक पनि सहभागिता नजनाएको जनाएको छ ।

स्रोत  : नया पत्रिका

Related posts