दिननाथ बराल
पोखरा, २०७२ असार २० ,
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको छ । तालको तल्लो तटिय क्षेत्र ड्यामसाईड नजिकै पौडी खेल्ने क्रममा तालमा डुबेर मकवानपुरको मनहरा गाविस वडा नम्बर ४ का ३६ वर्षिय विनोद मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो एक बजे तालमा पौडी खेल्न क्रममा तालमा हाम फालेको केहि वेरमै उनी वेपत्ता भएका थिए । प्रहरीको टोलिले उनको शवलाई करीब एक घण्टा पछि तालबाट निकालेर पोष्टपार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
मृतक मगरका साथीहरुले प्रहरीलाई जनाए अनुसार उनीले मादक पदार्थ सेवन गरेर तालमा पौडी खेल्न पुगेका थिए । उनी पौडी खेल्ने क्रममा पानी खाए पछि केहि समयमै उनको मृत्यु भएको स्थानीयले बताए ।