ताजा खबर

दक्षिण कोरिया कस्केलीबाट भलिवल संघलाई २ लाख सहयोग

दिननाथ बराल
पोखरा, २०७२ असार २०,

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघलाई दक्षिण कोरिया कास्की समाजले २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आइतबार पोखरामा आयोजना भएको एक समारोहमा कार्यक्रम संयोजक केशभक्त गुरुङ, कास्कीका संयोजक गम बहादुर गुरुङले पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दक्षिण कोरिया कास्की समाजका संयोजक केशभक्त गुरुङले पश्चिमाञ्चल क्षेत्रको भलिवल खेललाई सहयोग पु¥याई नयाँ खेलाडी उत्पादनमा सहयोग पुराउने उद्धेश्यले आफुहरुले कोरीयामा विभिन्न खेलकुद तथा सांस्कृतिक गतिविधि गरी उक्त रकम संकलन गरेको बताए । उनले भने “हामी कोरीयामा कामको शिलशिलामा भए पनि हाम्रो मन भने नेपालमै छ, नेपालको खेलगतिविधि अगाडी बढाउने हामीले आगामी दिनमा पुनः सहयोग गर्ने छौं ।” कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाले प्राप्त सहयोग सहि ढंगले सदुपयोग गर्ने वचन दिए । उनले भने “ हामी भलिवल खेलको विकाससंगै नयाँ खेलाडी उत्पादनमा लाग्ने छौं ।”

यसैबीच, ‘राष्ट्रपति कृषक सम्मान’ २०७१ बाट असार १५ गते सम्मानित भएका पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापालाई बधाई ज्ञापन समेत गरीएको गरिएको छ । क्षेत्रिय भलिवल संघले अध्यक्ष थापालाई बधाई ज्ञापन गरी उनले कृषि तथा खेलकुद क्षेत्रमा पुराएको योगदानको चर्चा गरेको छ । नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङसहित क्षेत्रीय र कास्की जिल्ला भलिवल संघका पदाधिकारीले लाईभस्टक प्रालि तथा नेपालकै सवै भन्दा ठुलो बंगुर फार्मका संचालक थापालाई खादा लगाएर बधाई ज्ञापन गरेका हुन् । बधाई ज्ञापनपछि थापाले यस्तो सम्मानले आफुलाई कृक्षि क्षेत्रमा लाग्ने थप प्रेरणा मिलेको बताए । आफूले कोरियामा शिकेको शिप नेपालमा प्रयोग गरेको उनले बताए । उनले वैदेशिक रोजगारमा गएका युवाहरुलाई पनि सिप सिकेर स्वदेशमै केही गर्न आग्रह गरेका छन । उनले भने “हामी जस्ता युवाहरुलाइ सरकारले पनि बिना झन झट कम व्याजमा कृषि क्षेत्रमा लगानी गर्नु पर्यो । ”

Related posts