ताजा खबर

मणिपालमा ईन्टर्न गर्दै गरेका डा. ठाकुरको मृत्यू

दिननाथ बराल,

पोखरा, २०७२ असार २० ,

पोखराको मणिपाल शिक्षण अस्पतालमा ईन्टर्न गर्दै गरेका २५ बर्षीय चिकित्सक अनिमेश ठाकुरको मृत्यु भएको छ । महोत्तरीको धिरापुर ३ घर भई मनिपालमै एमविविएस सकेर ४ बर्षे ईन्टर्न गर्दै गरेका डा. ठाकुरको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती करीब पौने १० बजे मणिपाल शिक्षण अस्पताल जनिकै रहेको एक भवनको तीन तलाबाट खस्न पुग्दा डा. ठाकुरको मृत्यु भएको हो । मृतक अनिमेश स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा.गरिददास ठाकुरका छोरा हुन् । ईन्टर्न गर्दै गरेका अन्य साथीहरु र उनका बुबाले अनिमेशको हत्या भएको आरोप लगाएका छन । तर प्रहरीले भने आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ । यो समाचार तयार पार्दासम्म मृतकको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत नपरेको बताईन्छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको
जनाएको छ ।

मृतक अनिमेशको पारिवारीक रुपमा केहि दिन अघि विवाद भएको बुझिएको छ । प्रेमिकासँग विवाद भइरहेका समयमा कसैले डा ठाकुरलाई धकेलेको हुनसक्ने मृतकका आफन्तले आरोप लगाएका छन । मृतकका आफन्तले हत्या भएको आरोप लगाए पनि हालसम्म कसैले किटानी जाहेरी नदिएको हत्या गरेको कुनै प्रमाण हालसम नभेटिएको र अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता कृष्ण बहादुर पल्ली मगरले बताए ।

अनिमेशका बुबा डा.गरिबदास ठाकुरले भने कसैले हत्या गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथी कार्वाहीको माग गर्दै जाहेरी दिएका हुन् । मृतक अनिमेशको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *